८ खर्बको आयात हुँदा एक खर्बको मात्र निर्यात, ५५ प्रतिशतले बढ्यो व्यापार घाटा

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा (साउनदेखि मंसिरसम्म) आयात सँगै निर्यातमा समेत बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयातसँगै निर्यातमा बृद्धि भएको हो । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो ५ महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात १०५.६१ प्रतिशतले बढेको छ । यस्तै गत आर्थिक [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा (साउनदेखि मंसिरसम्म) आयात सँगै निर्यातमा समेत बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयातसँगै निर्यातमा बृद्धि भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो ५ महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात १०५.६१ प्रतिशतले बढेको छ । यस्तै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ महिनाको अवधिमा आयात ५९.५५ प्रतिशतले बढेको छ ।

५ महिनाको अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ५० अर्ब ५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँको सामान आयात गरिएको छ । गत आवको सोही अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

यस्तै, चालु आवको ५ महिनामै नेपालको वैदेशिक व्यापार पनि ६३.५५ प्रतिशतले बढेको छ । चालु आवको ५ महिनामा नेपालको कुल वैदेशिक व्यापार ९ अर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।

गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ अर्ब ७५ अर्ब ५५ करोड रुपैयाँ बराबरको थियो ।

५ महिनाको तुलनामा व्यापार घाटा पनि ५४.७० प्रतिशले बढेको छ । ५ महिनामा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ थियो ।

Share News