काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । हाल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेलाई सीईओको जिम्मेवारी दिइएको हो ।
बैंककाे सञ्चालक समितिको बैठकले माघ १२ गतेदेखि आगामी ४ वर्षको लागि उनलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
बैंकमा २ कार्यकाल काम गरिसकेका सीईओ भुवन दाहाल भने अब बैंकबाट बाहिरिने भएका छन् । नवनियुक्त सीईओ पाण्डेले वित्तमा स्नातकोत्तर र विज्ञानमा स्नातक हासिल गरेका छन् ।
२०५२ सालमा नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका पाण्डे सानिमा बैंकमा २०७० सालबाट आवद्ध भएका थिए । उनले देश तथा विदेशमा गएर पनि क्षमता अभिवृद्धिका तालिमहरु लिएका छन् ।