हङकङकाे वायरइज रेमिट्यान्सबाट नेपालकाे सिटी एक्सप्रेसमा सजिलै पैसा पठाउन सकिने

<p>काठमाडाैं । हङकङको ख्यातिप्राप्त वायरइज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । याेसंगैँ हङकङमा रहेका नेपालीहरुले वायरइज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नुकाे साथै नेपालमासिटी एक्सप्रेससंग आबद्ध १० हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिनसक्ने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न [&hellip;]</p>

काठमाडाैं । हङकङको ख्यातिप्राप्त वायरइज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

याेसंगैँ हङकङमा रहेका नेपालीहरुले वायरइज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सक्नुकाे साथै नेपालमासिटी एक्सप्रेससंग आबद्ध १० हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिनसक्ने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सक्नेछन् ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वायरइज रेमिट्यान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन् ।

यही नोभेम्बर ३० तारिकसम्म वायरइज रेमिट्यान्सबाट सिटी एक्सप्रेस मार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क पनि गरिएको कम्पनीले जनाएकाे छ ।

Share News