काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका तत्कालि प्रबन्ध संचालक पवनकुमार कार्की र उनका ससुरा शम्भु केसीले ऋण अपचलनको लागि तयार पारेका नक्कली ऋणीले आफ्नो नामको ऋण चुक्ता भैसक्दा पनि आफूहरु जेलमै बस्नु परेको भन्दै छुटाइदिन सरकारसँग अनुरोध गरेका छन् ।
आफूहरुले खादै नखाएको ऋणको कारण आफूहरु जेलमा बस्नु परेको तथा पहिला नै ऋण चुक्ता भइसक्दा पनि जेलमै बस्नु परेको केही ऋणीको गुनासो छ । नक्कली ऋणीहरु पुष्कर खड्का, बिमल खड्का, प्रकाश केसी र प्रकाशराज खत्रीले लिएको भनिएको ऋण चुक्ता भइसकेपनि आफूहरु अझै जेलमा बस्नु परेको भन्दै उनीहरुले प्रधानमन्त्री, नेपाल राष्ट्र बैंक तथा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीमा निवेदन दिदै जेलबाट छुटकारा दिलाई दिन अनुरोध गरेका हुन् ।
उनीहरुको परिवारले दिएको जानकारी अनुसार पुष्कर र बिमल खड्का सुन्धारा जेलमा छन् । प्रकाश केसी काभ्रेको जेलमा छन् भने प्रकाशराज खत्री नख्खु जेलमा छन् । आफ्नो नाममा लिएको भनिएको कर्जा चुक्ता भइसकेपछि पनि आफूलाई जेलमा राख्नु अन्याय भएको भन्दै उनीहरुका परिवार तथा आफन्तले सरोकारवाला निकायमा हारगुहार गर्दा पनि कतै सुनुवाई नभएको गुनासो गरेका छन् ।
यस्तै, अन्य नक्कली ऋणीहरु बिकाश कार्की, बिदुर दाहाल, प्रशान्त कार्की, धिरज केसी, सुदिप केसी, मधुकर महत, ओमप्रकाश केसी, भीमसेन केसीलगायतले आफूले रकम अपचलन पनि नगरेको अहिलेको कोरोना महामारीको समयमा जेलमुक्त गराइदिन अनुरोध गर्दै निवेदन दिएका हुन् । तर, उनीहरुको निवेदनको कुनै पनि निकायबाट सम्बोधन नभएको परिवारले जनाएको छ ।
यसरी जेलमा परेकामध्ये केही दुधे वालकका आमासमेत रहेका पारिवारिक स्रोतले जानकारी दिएको छ । नक्कली ऋणीहरु शान्ती केसी र प्रेक्षा शर्मा दुधे वालकका आमा रहेको बताइएको छ । यस्तै, ऋणीहरु मदनबहादुर कार्की, श्यामकृष्ण खत्री र पूर्णबहादुर केसी गम्भीर बिरामी रहेका छन् ।
यस्ताे छ उनीहरुकाे निवेदन
श्रीमान अध्यक्षज्यू,
क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनि लिमिटेड
प्रमुख कार्यकारी अधिकृत ज्यु,
क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स कम्पनि लिमिटेड
बिषय: नक्कली ऋणीहरुलाई बैंक वा सरकारी रोहबरमा तुरुन्त रिहाइ गर्न सिफारिस गरी पाउँ।
नेपाल सरकार बादी भै बैकिङ्ग कसुर अन्तर्गत कर्जा अपचलन सम्बन्धि मुद्दामा तत्कालिन पुनराबेदन अदालत पाटनको मिति २०७१/०१/२९ को फैसलाले झन्डै चार दर्जन जति नक्कली ऋणी हरुलाई सिधै कैदी बनाएको श्रीमानमा अबगत नै छ । ती नक्कली ऋणीमध्ये करिब डेढ दर्जन अर्थात १६ जना कैदी बर्षौदेखि विभिन्न कारागारमा बन्दिको रुप रहेका छन् । तत्कालिन पुनराबेदन अदालत पाटनले ती नक्कली ऋणीहरुलाई प्राबिधिक रुपले बैकिङ्ग कसुरको दोषी करार गराए तापनि ती निर्दोष थिए भन्ने पनि श्रीमानमा विभिन्न कोणहरुबाट अबगत भै सकेको छ ।
सम्मानित सर्बोच्च अदालतमा हाम्रा नक्कली ऋणीहरु खासै राम्रो संख्यामा जान सकेनन् । अनि जान नसकेको हकमा अधिबक्तासम्म राख्न नसकेको अवस्था श्रीमानमा जग जाहेर नै छ । तर पनि अहिलेको बिशेष परिस्थिति (कोभिड१९ महामारी) ले फैसला धकेलिए तापनि सम्मानित अदालतले निर्दोष बनाउछ भन्ने हामीमा आशा छ ।
श्रीमानलाई ज्ञात नै छ उक्त बैकिङ्ग कसुरको मुद्दाका अभियुक्तहरु मध्ये केहिको बर्षौ अगाडी सम्पूर्ण ऋण चुक्ता हुँदा पनि (जस्तै नख्खुमा रहनु भएका श्री प्रकाशराज खत्री समेत) कैदमा बस्नु परेको बिडम्बना हामी सित छ । ती पिडितलाई उनको धितो बेच्न दिई कर्जा तिर्नबाट बन्चित नगरिएको भए बाँकी सबैले तिनका नाममा लादिएको सम्पूर्ण ऋण नै चुक्ता गरिसकेका पनि हुन्थे भन्ने बुझ्न पनि गार्हो छैन ।
श्रीमान, त्यहाँको हालको पहलले हाम्रा नक्कली ऋणीहरु र त्यस बैंक/कम्पनीको बिशेष प्रतिनिधिज्यू बीच भएको छलफल र वार्ताले बर्षौदेखिबाट अड्किएको समस्यामा केहि सकारात्मक सोच दिएको छ । तर अझै यो समस्या पेचिलो बन्दै गएको हुनाले गहन छलफल गर्नुपर्ने आवश्यकताको महशुष पनि हामी सरोकारवालाहरुले गरेका छाै। र त्यो छलफलमा स्वयं नक्कली ऋणीहरु (पिडितहरु) हुनुपर्दछ भन्ने पनि हामी ठान्दछौ । श्रीमानलाई लाग्ला पिडितहरुलाई कारागारमै गएर छलफल गर्न सकिन्छ नि भन्ने । तर त्यो बातावरण उपयुक्त र पर्याप्त हुन्दैन भन्ने हामीलाई लाग्छ । बरु त्यसले भावनात्मक रुपले पिडित परिवारहरुलाई रुवाउछ भन्ने जान्न सकिछ ।
एकातिर माथि उल्लेखित कारण छ भने अर्कोतिर पिडितहरु स्वयंको अवस्थालाई श्रीमानले विचार गर्नु पर्ने हामी देख्दछौ । हाम्रा पिडितहरु ज्यानमारा हैनन् । नत तिनले राज्यलाई कुनै सुरक्षा खतरा पैदा गरेका छन् । यदि बास्तबिकता यो हो भने श्रीमानले ती पिडितहरुलाई आफ्नो बैंकको रोहवरमा वा राष्ट्र बैंक वा सरकारको रोहवरमा (शर्त सहित भएपनि ) यथाशिघ्र रिहाइ गरी दिंदा हुन्थ्यो भन्ने हामीलाई लाग्छ ।
अहिलेको बिशेष परिस्थिति वा कोभिड-१९ को महामारीमा संक्रमणको जोखिम पिडितमा अत्याधिक छ, र नेपालको कारागारको स्थिति (साँघुरो र अब्यबस्थित) । त्यसैले सघन शल्यक्रियाबाट गुज्रेका पिडित (जस्तै भद्रगोलमा रहनु भएका मदन कार्की) बिशेष हेरचाहमा रहनु पर्ने स्थिति छ र उहाँलाई पारिवारिक हेरचाहको अति आबश्यक छ । त्यस्तै धुलिखेलमा रहनु भएका दीर्घ रोगी प्राणनाथ आचार्य, श्याम खत्री र नख्खुमा रहनु भएका हरि प्रसाद आचार्यको स्थिति सोचनीय छ । पिडित एक जनाले कैदमा जान गुमाएको आलो घाउ हुँदा हुँदै अझै पनि मानवीय दृष्टिकोणले हेरिएन भने अरु थपिदो पश्चाताप् गर्नु शिवाय केहि नहुले हुनाले यसलाई पहिले नै सोच्न हामी बिशेष आग्रह गर्दछौ ।
त्यस बैंकलाई लाग्ला पिडितको नाममा भएको धितोलाई बिशेष कागज नगरी त्यसै कैद मुक्त बैंक सुरक्षित महशुष गर्दैन भन्ने । तर हामी ठान्छौ त्यस्तो कागज त पहिले नै भै सकेको हो र फेरि फेरि गर्दैमा त्यसले तात्विक कुनै असर गर्छ भन्ने हामीलाई लाग्दैन । मतलब धितो रोक्का भएकै छ र एकै बास्केटमा राखेर काम कारबाही भएकै हो । यदि स्थिति यो छ भने वा हातखुट्टा पहिलै सिक्रीले बाँधी राखेकै छ भने फेरि त्यहाँ माथि अर्को डोरीले बाँध्नु कुनै जरुरी छ भन्ने हामीलाई लाग्दैन । बरु प्रतिष्ठित व्यक्तित्वहरुको लगानी रहेको यस बैंकले आफ्नो बिबेकशील र निडर भूमिकाले स्तरीय निकास दिन्छ भन्ने हामी ठान्दछौ ।
श्रीमानले तालुक बैंकमा माथि उल्लेखित कुरालाई गम्भिरतापुर्बक हृदयाङ्गम गर्न ऋण चुक्ता भै सकेका नक्कली ऋणीहरु र ऋण चुक्ता गर्नबाट बन्चित हुनु भएकाहरुलाई यथाशिघ्र सर्तमा सरकारी रोहबरमा थुना मुक्त हुने ब्यबस्था गरिदिनु हुन् सादर अनुरोध गर्दछौ । हामी यो पहिले कुरा (शर्तमा कैद मुक्त) नहुन्जेल अरु कुरा सोच्न नसक्ने कुरा पनि यसै मार्फत जानकारी गराउन चाहन्छौ । यदि यसलाई कानुनी छिद्र देखाएर अड्चन लाउन खोजिन्छ भने हामी ठान्दछौ कि त्यसमा प्रयाप्त बिबेक अपनाइएन र त्यो प्रतिष्ठित ब्यतित्व्ले गरेको निर्णय नभई र सक्षम व्यक्तित्वले कार्यान्वयन गरेको नभई अन्य अति साधारण व्यक्तिले गरेको ठान्न सकिएला ।
सम्बन्धित सामग्री