काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । बैंकले साेमबारदेखि लागु हुने गरी फोनबाट लोन लिने सुविधा सुरु गरेको हाे ।
याेसँगै नबिलकाे तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सक्ने छन् । यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएकाे छ ।
यो सुविधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने बैंकले जनाएकाे छ ।
बैंकका प्रमुख कार्यकारी अधिृकत अनिल केशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रकृया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकले मनपराउने बताए ।
नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरवको विषय भएकाे शाहले बताए ।