के मास्क र सेनिटाइजरले कोरोना भाइरसलाई रोक्छ ?

<p>कोरोना भाइरस (कोभिड १९) को बढ्दो महामारीसँगै सर्वसाधारणमा त्रास बढेको छ । योसँगै मानिसहरु थुप्रो मानसिक तनावमा जुझ्दै छन् । यिनैबीच अधिकांशको मनमा उठ्ने प्रश्न हो के मास्क र सेनिटाइजरले कोरोना भाइसरलाई रोक्छ ? के हरेक क्षण मास्क र सेनिटाइजरको प्रयोग गर्दा केही बेफाइदा त हुँंदैन ? यो विषयमा कयौं मानिसहरुको ध्यानाकर्षण भएको पाइन्छ । [&hellip;]</p>

कोरोना भाइरस (कोभिड १९) को बढ्दो महामारीसँगै सर्वसाधारणमा त्रास बढेको छ । योसँगै मानिसहरु थुप्रो मानसिक तनावमा जुझ्दै छन् । यिनैबीच अधिकांशको मनमा उठ्ने प्रश्न हो के मास्क र सेनिटाइजरले कोरोना भाइसरलाई रोक्छ ? के हरेक क्षण मास्क र सेनिटाइजरको प्रयोग गर्दा केही बेफाइदा त हुँंदैन ? यो विषयमा कयौं मानिसहरुको ध्यानाकर्षण भएको पाइन्छ ।

मास्क र स्यानिटाइजर प्रयोग गर्नुको फाइदासँगसँगै थुप्रै बेफाइदाहरु पनि रहेका छन् । तर भनिन्छ नि मर्नु भन्दा बहुलाउनु जाती । त्यसैगरी मास्क र स्यानिटाइजरको फाइदालाई नजरअन्दाज पनि गर्न सकिँदैन ।

हुन त धेरै समयसम्म मास्कको प्रयोग गर्नाले शरीरमा अक्सिजनको कमी महसुस हुन्छ र सफोकेशन (श्वास फेर्न गाह्रो ) हुन सक्छ । जति मात्रामा शरीरमा अक्सिनज हुनुपर्ने त्यो पुगि राखेको हुँंदैन । मास्कको प्रयोगले थुप्रै छालाको समस्या हुन सक्छ । कसैलाई मास्क लगाउँदा असजता हुनुका साथै चश्मा लगाउँंदा भने बाफका कारण आँखा चिलाउने, पिरो हुने जस्ता समस्याहरु पनि आउन सक्छन् । लामो समयसम्म प्रयोग गरको मास्क नधोई लगाएमा थुप्रै रोगहरु निम्तिन र फैलिन सक्ने कुरालाई ओझेलमा पार्न सकिँदैन ।

त्यसैकारण माक्सको प्रयोग गर्दा सावधानीपूर्वक प्रयोग गर्नुपर्छ । भीडभाडमा जाँदा मास्ककाे प्रयोग अनिवार्य हुन्छ भने घरमा एक्लै हुँंदा मास्कको आवश्यकता त्यस्तो हुँदैन ।

अल्कोहल बेस स्यानिटाइजर प्रयोग गर्नुको मुख्य कारण व्याक्टेरिया भाइरसबाट बच्नु हो । स्यानिटाइजरहरुमा अधिकांश एन्टिमाइक्रोवियल गुण भएको हुन्छ । जसले हातमा वा शरीरमा रहेका व्याक्टेरिया र भाइरसलाई मार्ने वा कमजोर बनाउने काम गर्दछ । तर पटकपटक स्यानिटाइजरको प्रयोग गर्दा छाला सुख्खा हुने, हात पोल्ने, इन्फेक्सन हुने जस्ता साइड इफेक्टहरु पनि देखा पर्नुका साथै अल्कोहल पोइजनिंग हुने सम्भावना पनि रहेको पाइन्छ ।

यिनै साइड इफेक्टलाई कम गर्न ६० प्रतिशत इथानोल भएको स्यानिटाइजर प्रयोग गर्नुपर्छ । मिथानल भएको स्यानिटाइजर हानिकारक हुने हुँदा यसको प्रयोग खासै हुँदैन । मिथानल शरीरको लागि हानिकारक हुन्छ र छालाबाट एकदम छिटो सोस्ने हुन्छ । जसको कारण छालाको समस्या बढ्छ ।

स्यानिटाइजर प्रयोग गरेपछि सकेसम्म खान अघि हात धुनु पर्छ । जसले गर्दा स्यानिटाइजरमा रहेको केमिकल पखालिन्छ ।

तसर्थ मास्क र स्यानिटाइजरका थुप्रै बेफाइदाहरु भएता पनि यसको प्रयोगले धेरै हदसम्म कोरोना भाइसरको संक्रमणलाई रोक्छ । यसको प्रयोग अहिलेको समयमा जरुरी छ । सर्तकतापूर्वक मास्क र स्यानिटाइजर प्रयोग गर्दा आफू र अरुलाई पनि फाइदाजनक हुन्छ ।

(लेखिका वी फार्मेसी तेश्रो वर्षमा अध्ययनरत छिन् ।)

Share News