काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेकाे छ । बुधबार प्रतितोला ९७ हजार २ सयमा कारोवार भएको सुन बिहिबार घटेर प्रतितोला ९६ हजार ५ सय रूपैयाँ पुगेको हो ।
सुनसँगै चाँदीको मूल्य पनि घटेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अघिल्लो दिन अर्थात बुधबार १३ सय ६५ रुपैयाँमा कारोवार भएको थियो ।
हाल अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहको छ।