काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज सचिवालय बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक चार घण्टा पछि सरेर दिउँसो ३ बजे बस्ने भएकाे हाे ।
यसअघि बिहीबार बिहान ११ बजेलाई बैठक तय गरिएपनि गृहकार्य नपुगेको भन्दै बैठक सारिएको बताइएकाे छ ।
आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गर्ने एजेण्डा रहेकाे बताइएकाे छ । त्यससँगै बैठकले रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा कसलाई पठाउने भन्ने निर्णय पनि गर्नेछ ।
ओली अर्थमन्त्री डा। युवराज खतिवडालाई पठाउने पक्षमा छन् भने अन्य सचिवालयका बहुमत नेताहरु उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने अडानमा रहेका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भनेको हुन्छ कि सचिवालयका नेताहरुकमो त्यो भने हेर्न बाँकी छ ।
बुधबार राति अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र ओलीबीच बालुवाटारमा भेटर्वार्ता भएको थियो । तर, उनीहरुबीच पनि सहमति हुन सकेन ।
स्रोतका अनुसार ओली र प्रचण्डबीचकाे भेटवार्तामा प्रधानमन्त्रीले खतिवडा र प्रचण्डले गौतमलाई सिफारिस गर्नुपर्ने अडान राखेका थिए । यी दुई नेताबीच गौतम लाई लिने कि खतिवडालाई भन्नेमा एकमत नभएपछि बैठकमै छलफल गर्नेगरी बालुवाटारबाट प्रचण्ड हिँडेका थिए ।
ओलीले खतिवडालाई सिफारिस गर्ने बचन नै दिइसकेको स्राेतकाे भनाई छ । यसले पनि ओली अहिले ठूलाे धरापमा छन् । प्रचण्ड बालुवाटारबाट निस्केलगत्तै ओलीले गौतमसँग एक घण्टा कुराकानी गरेका थिए । बामदेब गौतमले राष्ट्रियसभामा पसेर अर्थमन्त्री नै बन्ने इच्छा राखेको ओली समस्यामा परेका हुन् ।
सम्बन्धित समाचार:
डा. खतिवडा अर्थमन्त्रीमा दोहोरिन्छन् वा दोहोरिँदैनन् ? निर्णय भोलिको सचिवालयको हातमा