डा. खतिवडा अर्थमन्त्रीमा दोहोरिन्छन् वा दोहोरिँदैनन् ? निर्णय भोलिको सचिवालयको हातमा

<p>काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भोलि बिहान ११ बजे बस्दैछ । भोलिको सचिवालयले एउटा महत्वपूर्ण निर्णय गर्नेछ । बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा कसलाई मनोनयन गर्ने भन्ने बारे महत्वपूर्ण निर्णय गर्दैछ । सो पदका लागि दुई जना अर्थात नेकपाका उपाध्यक्ष बामदेव गौतम र अर्थमन्त्री डा.युवराज खतिवडाको नाम चर्चामा छ । धेरैले [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक भोलि बिहान ११ बजे बस्दैछ । भोलिको सचिवालयले एउटा महत्वपूर्ण निर्णय गर्नेछ । बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा कसलाई मनोनयन गर्ने भन्ने बारे महत्वपूर्ण निर्णय गर्दैछ ।

सो पदका लागि दुई जना अर्थात नेकपाका उपाध्यक्ष बामदेव गौतम र अर्थमन्त्री डा.युवराज खतिवडाको नाम चर्चामा छ । धेरैले खतिवडा राष्ट्रियसभामा दोहोरिने सम्भावना न्यून देखेका छन् । बामदेव गौतमले राष्ट्रिय सभामा जाने इच्छा देखाएसँगै प्रधानमन्त्री केपी शर्मा ओली अहिले ठूलो दवावमा परेका छन् ।

किनकि डा. खतिवडा उनका प्रिय पात्र हुन् भने गौतमसँग उनको छुट्टै समझदारी भएको छ भने सचिवालयका धेरै सदस्यहरु गौतमकै पक्षमा छन् ।

भोलि सचिवालयको बैठक बस्ने भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) बीच अहिले भेटवार्ता जारी छ ।

ओलीलाई भेट्न प्रचण्ड अहिले बालुवाटार पुगेका छन् । पार्टी केन्द्रीय सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

भोलिको बैठकमा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने एजेण्डा तय भएको छ । त्यससँगै बैठकमा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जान तयार रहेको समाचार सार्वजनिक भएकाले त्यसबारे समेत छलफल हुने र ती दुई जनामध्ये कसलाई राष्ट्रिय सभामा लैजाने भन्ने निर्क्याैल हुने छ ।

यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका गौतमले सोमबार पुनः आफू राष्ट्रिय सभामा जाने इच्छा प्रकट गरेपछि रिक्त एक पदमा कसलाई पठाउने भन्ने नेकपामा मत बाझिएको छ ।

बहुमत सदस्य भने गौतमको पक्षमा उभिएका छन् । खतिवडाको भदौ २० गते अर्थमन्त्रीको पद स्वतः समाप्त हुँदैछ । यदि उनलाई राष्ट्रियसभामा लिइएन भने अर्थमन्त्रीको रुपमा रहेको उनको यात्रामा भदौ २१ गतेबाट बिराम लाग्नेछ ।

सम्बन्धित सामग्री: 

अर्थमन्त्री डा. युवराज खतिवडा यस कारण रुचाइएनन्

प्रधानमन्त्रीसँग गौतम नजिकिँदा रक्षामन्त्री र अर्थमन्त्रीको पद धरापमा

Share News