कुलमान घिसिङलाई निरन्तरता दिन नेपाली काँग्रेसकाे माग

<p>काठमाडाैं । नेपाली काँग्रेस (वी.पी)ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन माग गरेकाे छ । साेमबार काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी साे माग गरेकाे हाे । घिसिङकाे कार्यकाल यही भदाै अन्तिम साता सकिदैछ । दैनिक १८ घण्टा लाेडसेडिङ भएकाे बेलामा ४ वर्षअघि  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएकाे थिए । उनले छाेटाे समयमा नै [&hellip;]</p>

काठमाडाैं । नेपाली काँग्रेस (वी.पी)ले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन माग गरेकाे छ । साेमबार काँग्रेसले प्रेस विज्ञप्ति जारी गरी साे माग गरेकाे हाे ।

घिसिङकाे कार्यकाल यही भदाै अन्तिम साता सकिदैछ । दैनिक १८ घण्टा लाेडसेडिङ भएकाे बेलामा ४ वर्षअघि  विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएकाे थिए । उनले छाेटाे समयमा नै देशलाई लाेडसेडिङ मुक्त गरेका थिए भने ३६ अर्ब संचित नाेक्सानमा रहेकाे  प्राधिकरणलाई नाफामा लगेका थिए ।

काँग्रेसले कोभिड-१९ को रोकथामको लागि सरकारले लकडाउन र निषेधाज्ञालाई मात्र विकल्पको रूपमा लिइ नागरिकलाई घरमै थुनेर राखी नागरिक रोगले भन्दा भोकले मर्ने दिन आएको भन्दै साेमबार वालुवाटार चोकमा नेपाली काँग्रेस महामन्त्री तथा पूर्व मन्त्री सुशीलमान सेरचनको नेतृत्वमा भिख मागी जनतालाई राहत बाड्ने कार्यक्रम रहेकोमा भिख माग्ने क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरि प्रहरीले धर्पकड गरेको जनाएकाे छ ।

प्रहरीले प्रहार गरेको पानीको फोहोराबाट नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व मन्त्री सुशीलमान सेरचन घाइते भएका छन् । अहिले प्रहरीले धर्पकड गरि महामन्त्री तथा पूर्व मन्त्री सुशीलमान सेरचन, नुवाकोट जिल्ला सभापति श्याम बहादुर गुरुङ, नेविसंघ (वी. पी.) महामन्त्री विकास पाण्डे, तरुण दल (वी. पी.) केन्द्रिय सदस्य सर्वजित सेरचन र जितकुमार थापा, नेविसंघ (वी. पी.) नुवाकोट जिल्ला अध्यक्ष तथा केन्द्रिय कार्यलय सचिव सुशीलराज वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिगि अहिले कमलपोखरी स्थित मालिगाँउ चौकीमा राखेको छ ।

केन्द्रीय सरकार र स्थानीय सरकारको लकडाउन र निषेधाज्ञाले ब्यापार, ब्यबसाय तथा उद्योग कलकार खाना तहसनस भएको छ तर बैंक, फाइनाइन्स तथा वित्तीय संस्थाहरुले साँवा ब्याजतिर्न दवाव दिएकाे भन्दै व्यवसायीलाई राहात दिन माग गरेकाे छ ।

काँग्रेसले अग्रपंतिमा खटिने स्वास्थाकर्मी, सुरक्षाकर्मी, पत्रकारहरुका निमित्त पिपीई, भाईजर हेल्मेट स्यानिटाईजर, हातमा लगाउने पन्जा लगाएतका स्वास्थ सामाग्री, एबं  अग्रपन्थिमा खटिने कर्मचारीहरुले विशेश भत्ता नदिएकाे तर सरकार भने पटक पटक कोरोना (कोभिड-१९) तथा ब्यबस्थापनका निमित्त ३४ अर्ब खर्च गरिएको समाचार प्रकासित गरेकाे प्रति काँग्रेले विराेध जनाएकाे छ । साथै, बिना आधार रेलमार्ग ट्रयाकबेड निर्माणका निमित्त  २८-३० अर्बको  बोलपत्र आह्रवान गरेकाेमा विराेध गरेकाे छ । 

Share News