‘नेपाल-भारत सम्बन्ध बारे’ अध्ययन गर्न चीनसँग १५ लाख लिए राजन भट्टराईले

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट सल्लाहकार राजन भट्टराईले श्रीमतीका नाममा चीनसँग १५ लाख रुपैयाँको परियोजना मागेको खुलेकाे छ । ग्लोबल वाच एनालाइसिस नामक मिडियाले सो सम्बन्धी समाचार सार्वजनिक गरेको छ । भट्टराईले श्रीमती गीता गौतमको नाममा ‘नेपाल-भारत सम्बन्ध’ विषयमा अध्ययन गर्नको लागि १० हजार ५ सय युरो (नेपाली रुपैयाँ करिब १५ लाख) रुपैयाँ [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट सल्लाहकार राजन भट्टराईले श्रीमतीका नाममा चीनसँग १५ लाख रुपैयाँको परियोजना मागेको खुलेकाे छ । ग्लोबल वाच एनालाइसिस नामक मिडियाले सो सम्बन्धी समाचार सार्वजनिक गरेको छ ।

भट्टराईले श्रीमती गीता गौतमको नाममा ‘नेपाल-भारत सम्बन्ध’ विषयमा अध्ययन गर्नको लागि १० हजार ५ सय युरो (नेपाली रुपैयाँ करिब १५ लाख) रुपैयाँ माग गरेको र चिनियाँ दुतावासले सो रकम उपलब्ध गराएको समाचारमा दाबी गरिएको छ ।

सो समाचार अनुसार भट्टराईले श्रीमती गाैतमलाई प्रोजेक्ट केअर्डिनेटर बनाएर आफ्नो नाममा नविल बैंकमा रहेको खातामा रकम पठाउन प्रस्ताव गरेका थिए । भट्टराईको प्रस्ताव अनुसार नै चिनियाँ दूतावासले सम्झौता गरिसकेको समाचारमा  गरिएको छ ।

काम गर्नु अपराध होइनः भट्टराई

भट्टराईले आफूले सो परियोजनामा पैसा लिएको याद नभएको बताए । उनले नियमसंगत कन्सल्टेन्सीकाे काम गर्नु अपराध नभएकाे समेत बताए ।

आफू पहिलादेखि नै कन्सल्टेन्सीको काम गर्ने भएकोले चीन मात्रै होइन, युरोपेली देश तथा अमेरिकासँग पनि काम गरेको उनको भनाइ छ ।

‘म राज्यको पदमा बसेको बेलामा कन्सल्टेन्सी पनि गर्ने गर्दिन, पहिलादेखि नै कन्सल्टेन्सी गर्ने गरेको छु, त्यसैले विभिन्न देशसँग काम गर्ने गरेको छु, मैले युरोपेली देश तथा अमेरिकासँग पनि काम गरेको छु, चीनबाट त्यस्तो प्रोजेक्टको लागि पैसा आएको मलाई थाहा छैन,’ भट्टराईले विकासन्युजसँग भने ।

Share News