काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा २ अर्ब ४९ करोड नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा १८.२६ प्रतिशत कम नाफा गरेको हो ।
बैंकले अघिल्लो आर्थिक वर्ष बैंकको नाफा ३ अर्ब ५ करोड थियो । बैंकको असार मसान्तसम्मको निक्षेप १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २९ अर्ब रहेको थियो भने बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
०.२२ प्रतिशत एनपीएल रहेको बैंकको १३.३२ प्रतिशत पूँजीकोष अनुपात रहेको छ ।
बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ६७ करोड रूपैयाँ गरेको जनाएको छ । गतवर्षको नाफाको आधारमा बैंकले सेयरधनीलाइ दिन सक्ने लाभांशकाे क्षमता करिब २० प्रतिशत छ ।
यस्तै, एभरेष्ट सीसीडी रेसियो ६८.५७ प्रतिशत, बेसरेट ८.०५ प्रतिशत, स्प्रेडदर ३.५९ प्रतिशत र कष्ट अफ फण्ड ६.११ प्रतिशत रहेको छ ।
८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ छ ।