सेलपेबाट पेमेन्ट गर्दा ५० प्रतिशतसम्म पैसा फिर्ता पाइने

<p>काठमाडौं । सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम एक हजार रुपैयाँसम्म क्यास ब्याक पाइने छ । ग्राहकले साउन १६ गतेका दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा उक्त सुविधा पाउने भएका हुन् । सेलपेले एनीभर्सरी अफर अन्तर्गत उक्त अफर ल्याएको हो । यो अफरको लाभ लिनको लागि आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी [&hellip;]</p>

काठमाडौं । सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत अर्थात अधिकतम एक हजार रुपैयाँसम्म क्यास ब्याक पाइने छ । ग्राहकले साउन १६ गतेका दिन सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा उक्त सुविधा पाउने भएका हुन् ।

सेलपेले एनीभर्सरी अफर अन्तर्गत उक्त अफर ल्याएको हो । यो अफरको लाभ लिनको लागि आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने छ ।

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र १ रुपैयाँमा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित र लोयाल्टी पोइन्ट्स पाईने छ ।

Share News