काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत ४ जना प्रहरीमा काेराेनम संक्रमण पुष्टि भएकाे छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिएकाे बताएका हुन् ।
उनीहरुकाे संक्रमण थप पुष्टि गर्नेकाे लागि टेकु अस्पताल पठाईएकाे उनले बताए । देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन्।