भन्सारको महानिर्देशक पद छोडेर विदेश जाँदै दाहाल

<p>काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहाल पद छोडेर विदेश जाने तयारीमा छन् । गत वर्षको भदौ १६ गतेदेखि भन्सारको महानिर्देशक बनेका दाहाल सोअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । आयोगको प्रवक्ताबाट सरुवा भएर उनी भन्सार गएका थिए । तत्कालिन महानिर्देशक रामेश्वर दंगाललाई महानिर्देशकबाट हटाएर दाहाललाई लगिएको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वको मुहानै [&hellip;]</p>

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहाल पद छोडेर विदेश जाने तयारीमा छन् । गत वर्षको भदौ १६ गतेदेखि भन्सारको महानिर्देशक बनेका दाहाल सोअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।

आयोगको प्रवक्ताबाट सरुवा भएर उनी भन्सार गएका थिए । तत्कालिन महानिर्देशक रामेश्वर दंगाललाई महानिर्देशकबाट हटाएर दाहाललाई लगिएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वको मुहानै सफा गर्ने भन्दै भन्सारमा सन्दर्भ मूल्य कायम गराउन थालेपछि विभागको नेतृत्व अस्थिर भएको थियो । अथर्मन्त्री खतिवडाले भन्सारमा सन्दर्भ मूल्य कायम गराउन प्रभावकारी भूमिका नखेलेको भन्दै २०७४ चैत २५ मा तत्कालि महानिर्देशक जगदीश रेग्मीलाई हटाएर तोमय रायालाई महानिर्देशक बनाएर लगेका थिए ।

राया विभागको महानिर्देशक भएर करिब एक वर्ष बसेका थिए । उनी २०७५ चैत १ मा हटेपछि रामेश्वर दंगाललाई महानिर्देशक बनाएर लगिएको थियो । २०७५ भदौ १६ गते दंगाल हटेपछि दाहाललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

तर, दाहाल भने अब विदेश जाने तयारीमा छन् । विभाग स्रोतका अनुसार आगामी असोजदेखि आफू विदेश जाने भएकोले विभागमा नरहने कर्मचारीहरुलाई बताउन थालेका छन् ।

दाहाल अध्ययनको लागि जापान जान लागेका हुन् । उनले जापानको टोकियो विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । अहिले उनी अर्थशास्त्र विषयमा विद्यावारिधि गर्न जापानको टोकियो विश्वविद्यालयमा जान लागेका हुन् ।

Share News