काठमाडौं । असार मसान्तसम्म तिर्नु पर्ने ऋणको किस्ता तथा व्याज तिर्न पाउने म्याद पुस मसान्तसम्म पुर्याउन पाइने भएको छ । कोभिड १९ कारण परेको परेको असरका कारण ऋण तिर्न नसक्ने ऋणीका लागि यस्तो व्यवस्था गरिएको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।