प्युठान जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा शुरु

<p>स्वर्गद्वारी । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्युठान जिल्ला अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री बरालले अस्पतालमा फिजियोथेरापी सेवाको आज उद्घाटन कार्यक्रममा अस्पतालबाट प्रदान गरिने सेवासुविधा विस्तारै वृद्धि हुँदै गइरहेको जनाउँदै भौतिक पूर्वाधार सुधारका साथै दरबन्दीअनुसारको दक्ष जनशक्ति व्यवस्थापनका लागि आफले प्रदेश र केन्द्रस्तरसम्म पहल गर्ने [&hellip;]</p>

स्वर्गद्वारी । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्युठान जिल्ला अस्पतालको सेवा सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्री बरालले अस्पतालमा फिजियोथेरापी सेवाको आज उद्घाटन कार्यक्रममा अस्पतालबाट प्रदान गरिने सेवासुविधा विस्तारै वृद्धि हुँदै गइरहेको जनाउँदै भौतिक पूर्वाधार सुधारका साथै दरबन्दीअनुसारको दक्ष जनशक्ति व्यवस्थापनका लागि आफले प्रदेश र केन्द्रस्तरसम्म पहल गर्ने आश्वासन दिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले २०४५ सालमा स्थापित अस्पतालले पछिल्लो समय आफ्ना सेवासुविधा बढाउँदै लगेकोे जानकारी दिँदै धेरैजसो नसा तथा हाडजोर्नीका समस्या लिएर टाढा टाढाबाट बिरामी आउने तर सेवा दिन नसकेर अन्यत्र अस्पतालमा रेफर गर्नुपर्ने बाध्यताको अन्त्य गर्न फिजियोथेरापी सेवा शुरु गरिएको बताए ।

अस्पतालले आफूले प्रदान गर्दै आइरहेको सेवासुविधा र विविध जानकारीको अभिलेख राख्ने उद्देश्यले वेबसाइटसमेत सञ्चालन गरेको छ ।

Share News