
फाइल फाेटाे
काठमाडौं । यातायात व्यवसायीहरुले तत्काल गाडी चलाउन नसकिने बताएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले यही अवस्थामा गाडी चलाउन नसकिने धारणा राखेका हुन् ।
महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी यथास्थितिमा यातायात सञ्चालन गर्न नसक्ने भन्दै पाँचबुँदे माग अघि सारेको छ । सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले बताए ।
हामीलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको छ, अब हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं,’ उनले भने ।
महासंघको मागमा बैंक किस्ता तथा ब्याजमा पुनर्तालिकीकरण हुनुपर्ने, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार यातायात मजदुर र आम यात्रुहरुको स्वास्थ्यलाई दृष्टिगत गरी सम्पूर्ण व्यवस्था हुनुपर्ने, कागज पत्र, कर राजश्वमा बन्दाबन्दी अवस्थाको कर छुट हुनुपर्ने, बन्दाबन्दीको अवस्थाको बिमा प्रिमियम छुट समयावधि समायोजनलगायत छन् ।
उनीहरुले २०७७ आश्विन मसान्तसम्म बैंक किस्ता नलाग्ने व्यवस्था हुनुपर्ने, बन्दबन्दी अवधिको कर छुटका साथै एक वर्षसम्म एक वर्षसम्म जरिवाना नलाग्नेगरी म्याद थप हुनुपर्ने लगायतका माग छन् ।