समूहमा काम गर्न पनि कठिन, प्रविधिकाे प्रयाेग गर्न पनि कठिन

<p>नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार हाल नेपालमा ८७ वटा लघुवित्त संस्थाहरु सञ्चालनमा रहेका छन् । विशेष गरि बैंक तथा वित्तिय संस्थाहरुको पहुँच नपुगेको, भौगोलिक, आर्थिक, तथा सामाजिक रुपले पिछडिएका वर्ग र समूदायका मानिसहरुलाई बैैंकिङ् सेवा उपलब्ध गराउंदै गरिबी निवारण गर्ने उद्देश्यका साथ यस्ता संस्थाहरुको स्थापना र सञ्चालन गर्ने गरिन्छ । मुख्य रुपमा यस्ता लघुवित्त [&hellip;]</p>

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार हाल नेपालमा ८७ वटा लघुवित्त संस्थाहरु सञ्चालनमा रहेका छन् । विशेष गरि बैंक तथा वित्तिय संस्थाहरुको पहुँच नपुगेको, भौगोलिक, आर्थिक, तथा सामाजिक रुपले पिछडिएका वर्ग र समूदायका मानिसहरुलाई बैैंकिङ् सेवा उपलब्ध गराउंदै गरिबी निवारण गर्ने उद्देश्यका साथ यस्ता संस्थाहरुको स्थापना र सञ्चालन गर्ने गरिन्छ ।

मुख्य रुपमा यस्ता लघुवित्त संस्थाहरुले भौतिक सम्पति धितो दिन नसक्ने मानिसहरुको समूह गठन गराई सामूहिक जमानीमा विविध आयमूलक परियोजना सञ्चालनको लागि कर्जा उपल्ब्ध गराउँदछ । नेपालको सन्दर्भमा भने विपन्न वर्गका महिलाहरुलाई मात्र समूहमा सदस्यको रुपमा लिने गरिएको छ । जहाँ सामूहिक जमानीमा कर्जा उपल्ब्ध गराईन्छ भने सामूहिक जिम्मेवारिमा नै कर्जाको असुली र भुक्तानी गर्ने गराउने गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा कर्जाको लागि भौतिक सम्पति धितो आवश्यक पर्दैन, समूह नै धितोको रुपमा रहेको हुन्छ । कार्य सञ्चालनको क्रममा समूहलाई “केन्द्र” भन्ने गरिन्छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार हाल नेपालमा ८७ वटा लघुवित्त संस्थाहरुले ३ हजार ८ सय ३ वटा शाखा कार्यालयमार्फत २ खर्ब ५६ अर्व ३१ करोड ९४ लाख २७ हजार रुपैयाँ बराबरको कर्जा बिपन्न वर्गमा प्रवाह गरेका छन् । कर्जा प्रवाह मात्र होइन कि लघुवित्त संस्थाहरुले समूदायमा बचत परिचालन, वित्तिय साक्षरता, सिपमूलक तथा आयमूलक तालिम, सूचना, शिक्षा र जानकारी सम्बन्धि विविध कार्यक्रमहरु पनि सञ्चालन गर्ने गर्दछन ।

लेखक

लगानी योग्य रकमको ब्यवस्थाको लागि माथिल्लो दर्जाका बैंकहरुसंग निर्भर रहेका लघुवित्त संस्थाहरुको स्थापना, सञ्चालन, नियन्त्रण तथा नियमन बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन अनुसार नै हुने भएतापनि कार्यप्रकृतिको आधरमा लघुवित्त संस्थाहरु अन्य बैंक तथा वित्तीय संस्थाभन्दा अलि भिन्न छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुको सेवा प्राप्तिको लागि ग्राहक सम्बन्धित संस्थाको कार्यालयमा नै जानुपर्ने हुन्छ भने लघुवित्त संस्थाहरु सेवा प्रवाहको लागि समुदाय तथा ग्राहकको घरदैलोमा नै जाने गर्दछन ।

यसरी सेवा प्रवाहको लागि कर्मचारी समूदाय तथा ग्राहकको घरदैलोमा जाने कार्यलाइ बैंक शब्दमा “फिल्ड” भनिन्छ । सेवा प्रवाहको लागि फिल्डमा जाने कर्मचारीले एउटा बैंकको ग्राहक सेवा विभागको अलवा सबै विभागहरुले दिने सम्पूर्ण सेवा र जानकारीहरु समुदायमा नै उपलब्ध गराउँछन । यसै कारणले गर्दा लघुवित्त संस्थाहरुको करिब ९० प्रतिशत काम कार्यालयमा नभइ फिल्डमा हुनुका साथै, पुँजीको लागत, कर्जाको ब्याजदर र संचालन खर्च अन्य बैंकभन्दा तुलनात्मक रुपमा केहि उच्च हुने गर्दछ ।

नेपालमा ८७ वटा लघुवित्त संस्थाहरुले ३ हजार ८ सय ३ वटा शाखा कार्यालयमार्फत २ खर्ब ५६ अर्व ३१ करोड ९४ लाख २७ हजार रुपैयाँ बराबरको कर्जा बिपन्न वर्गमा प्रवाह गरेका छन् । कर्जा प्रवाह मात्र होइन कि लघुवित्त संस्थाहरुले समूदायमा बचत परिचालन, वित्तिय साक्षरता, सिपमूलक तथा आयमूलक तालिम, सूचना, शिक्षा र जानकारी सम्बन्धि विविध कार्यक्रमहरु पनि सञ्चालन गर्ने गर्दछन ।

यी कुराहरुबाट थाहा हुन्छ कि केन्द्र अथवा समूह लघुवित्त संस्थाहरुको मुटु हो । केन्द्र अथवा समूहबिना लघुवित्त संस्थाहरु बाच्न अर्थात सञ्चालन हुन सक्दैनन् । कोरोना भाइरसले महामारीकाे रूपमा सृजित समस्या लघुवित्त संस्थाहरुले पनि गतिविधि तथा कारोबार संचालन गर्न सकिरहेका छैनन् । किनकि यस्ता संस्थाहरुको काम कारोबारहरु व्यक्तिगत रुपमा कार्यालयमा भन्दा पनि समूदायमा समूहमार्फत मात्र हुने गर्दछ र सेवा प्रवाहको लागि कर्मचारी फिल्ड जान सक्ने अवस्था पनि छैन । हालसम्म कोरोना भाइरसको कुनै पनि औषधि पत्ता लाग्न सकेको छैन । बैज्ञानिक तथा स्वास्थ्यकर्मीका अनुसार यो रोगको संक्रमण हुनबाट जोगिनु नै यसको एउटै मात्र उपचार हो ।

जसको लागि बारम्बार साबुन पानीले हात धुने, सम्भव भए स्यानिटाइजर तथा व्यक्तिगत सुरक्षाका सामग्रीको प्रयोग गर्ने तथा सामाजिक दूरी कायम गर्ने जस्ता विविध कार्यलाई सुरक्षा कवचको रुपमा लिईन्छ । एकातिर कारोबार तथा कार्यसंचालनको लागि अन्य बैंकभन्दा लघुवित्त संस्थाहरु प्राविधिक रुपमा कमजोर रहेका हुन्छन् भने अर्कोतिर प्राविधि उपलब्ध गराएता पनि बिपन्न वर्गका ग्राहकले त्यसको प्रयोग गर्न जानिरहेका हुँदैनन् । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुलाई चाहेर पनि अन्य बैकहरुले जस्तो डिजिटल बैंकिग प्राविधिमार्फत प्रवाह गर्न र गराउन निकै कठिन भइरहेको छ ।

काम कारोबारको लागि सामूहिक घुलमिल र समूदाय मात्रै आधार भएको साथै संक्रमणबाट बाँच्न र बचाउनका लागि राख्नुपरेको सामाजिक दूरीका कारण यस्ता संस्थाहरुको कारोवार प्रायः ठप्प नै रहेको अवस्थामा एकातिर व्यावसायिक गतिशिलतालाई निरन्तरता दिदै ब्यावसायिक जोखिम न्युनिकरणको लागि सुरक्षात्मक तरिकाबाट पूर्ण रुपले कारोबार सूचारु राख्न पनि कठिन नै देखिन्छ । हुन त नेपालको १२ वर्षे सशस्त्र युद्ध जस्तो संक्रमणकालिन परिस्थितिको सामना गर्दै आएका र मूनाफाको हिसाबमा केहि बाणिज्य बैकलाई समेत टक्कर दिदै आएका लघुवित्त संस्थाहरुको हालको परिस्थिति भने फरक छ ।

एकातिर कारोबार तथा कार्यसंचालनको लागि अन्य बैंकभन्दा लघुवित्त संस्थाहरु प्राविधिक रुपमा कमजोर रहेका हुन्छन् भने अर्कोतिर प्राविधि उपलब्ध गराएता पनि बिपन्न वर्गका ग्राहकले त्यसको प्रयोग गर्न जानिरहेका हुँदैनन् । यस्तो अवस्थामा लघुवित्त संस्थाहरुलाई चाहेर पनि अन्य बैकहरुले जस्तो डिजिटल बैंकिग प्राविधिमार्फत प्रवाह गर्न र गराउन निकै कठिन भइरहेको छ ।

१२ वर्षे सशस्त्र युद्ध र संक्रमणकालिन अवस्था मानव निर्मित र केहि हदसम्म मानव नियन्त्रित थियो भने हालको कोरोना संक्रमण मानव निर्मित र नियन्त्रित नभई प्राकृतिक विपत्ति र महामारीको रुपमा रहेको छ । अवस्था यस्तै रह्यो भने लघुवित्तको मोडेलमा नै परिवर्तन गर्नुपर्ने अवस्था आउन पनि सक्दछ । यस्ता संस्थाहरुले विपन्न वर्गलाई विविध आयमूलक परियोजना संचालन गराई उनीहरुको जीवनस्तर उकास्ने उद्देश्यले कर्जा लगानी गरेका हुन्छन् । तर हाल देखापरेको कोरोना भाइरसको विश्वव्यापी महामारिको कारणले तथा यसको रोकथाम र नियन्त्रणको लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन) को कारणले गर्दा विपन्न वर्गले पनि आफनो गतिविधि संचालन गर्न पाईरहेका छैनन् भने विपन्न वर्गसंग बैकल्पिक आयश्रोत पनि रहेको हुँदैन ।

साथै यस्ता समुदायको जीवनस्तर आंशिक रुपमा वैदेशिक रोजगार र रेमिट्यान्समा निर्भर भएतापनि हाल त्यो पनि बन्द रहेको छ । जसले गर्दा चाहेर पनि कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । स्थिति सामान्य भएपछि पनि विपन्न वर्गले आफनो गतिविधि संचालन गरि पुरानै अवस्थामा फर्कन केहि समय लागेता पनि कर्जाको दोहोरोपना, बहुबैंकिग र लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाको कारणले गर्दा लघुवित्त संस्थाहरुमा दीर्घकालिन समस्या आउन सक्ने देखिन्छ ।

हालको अवस्थामा लघुवित्त संस्थाहरुले आर्थिक कारोबार भन्दापनि ग्राहक सदस्यसँगको निरन्तर टेलिफोन सम्पर्क, संवाद तथा हालचाल बुझ्ने जस्ता कार्यहरुले ग्राहक सम्बन्ध उच्च बनाउँदै मनोबैज्ञानिक रुपमा केहि हदसम्म आउन सक्ने समस्यालाई न्यूनिकरण गर्नु प्रयत्न गर्नुपर्ने देखिन्छ । यसरी अर्थतन्त्रको एउटा हिस्सा ओगटेको र गरिबी निवारणको एउटा अचुक अस्त्रको रुपमा रहेको लघुवित्त क्षेत्रको भावी दीर्घकालिन समस्याको समाधानको लागि नियमनकारी निकायले पनि बेलैमा ब्यवहारिक तथा स्पष्ट नितिगत ब्यवस्थाका साथ उपायहरुको खोजी गर्नु पर्ने देखिन्छ ।

(लेखक हाल निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत छन् )
[email protected]

Share News