बैंक अफ काठमाण्डूले ल्यायो सहज बचत खाता, २५ रुपैयाँमा नै खोल्न सकिने

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा  ‘ बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँग २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो । “२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा  ‘ बिओके सहज बचत खाता’ सार्वजनिक गरेको छ । ग्राहकसँग २५ वर्षसम्म निरन्तर सहयात्राको अवसरमा सौगात स्वरुप बैंकले उक्त खाता संचालनमा ल्याएको हो ।

“२५ वर्ष देखि सफलतालाई सहज बनाउँदै” भन्ने मुलनाराका साथ सार्वजनिक गरिएको उक्त खाता ग्राहकले मात्र २५ रुपैयाँमा नै खोल्न सक्नेछन् । उक्त बचत खातामा उच्चतम ब्याजदरको व्यवस्था सहित थुप्रै निःशुल्क सुबिधाहरु रहेका छन ।

हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share News