महाशिवरात्रिलाई लक्षित गर्दै सानिमा बैंकले ल्यायाे विशेष योजना

<p>काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यस योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले महाशिवरात्रिको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

यस योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउने छन् ।

साथै, यो योजनामा महिला ग्राहकले रु. १०० को नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन् । यस योजना फागुन ७ देखि ११ सम्मका लागि लागु गरिएको छ ।

Share News