नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २४ गतेदेखि शुरु, २०० बढी स्टल राखिने

<p>काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २४ गतेदेखि शुरु हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पोको आयोजना गर्न लागेको हाे । माघ २६ गतेसम्म आयोजना हुने उक्त एक्स्पोमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहने छन् [&hellip;]</p>

काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २४ गतेदेखि शुरु हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपमा उक्त एक्स्पोको आयोजना गर्न लागेको हाे ।

माघ २६ गतेसम्म आयोजना हुने उक्त एक्स्पोमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरुका २०० भन्दा बढी स्टल रहने छन् । प्रदर्शनीमा निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने छन् । साथै, यस क्षेत्रमा आउने नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएका छन् ।

उक्त प्रदर्शनीको टाईटल स्पोन्सरमा बालाजी सिमेन्ट इन्ठस्ट्रिज प्रा.लि.(बाहुबली सिमेन्ट रहने छ । त्यस्तै, अन्तर्राष्ट्रिय प्रदर्शनीका सहयोग संस्थाहरु स्वाईटी र नेपलिज आर्चिटेक्स्(सोना), सोसाईटी अफ कन्सल्टिङ आर्टिटेक्चरल एण्ड इन्जिनियरङ फर्मस् (एससीएईएफ) तथा इन्टेरियर डिजाइनर्स एसोसियसन अफ नेपाल(आईडीया नेपाल) रहने छन् ।

यस प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले जनाएका छन् । साथै, निःशुल्क प्रवेशको प्रबन्ध गरिएको उक्त एक्स्पोमा ३० हजार भन्दा बढी मानिसले भ्रमण गर्ने आयोजको विश्वास रहेको मंगलबार एक पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

Share News