चौथो प्राङ्गारिक कृषि मेला समापन, व्यवसायी भन्छन्- ‘सोचे जस्तो व्यापार भएन्’

<p>काठमाडौं । माघ १७ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा भएको चौथो प्राङ्गारिक कृषि मेला समापन भएको छ । अर्गानिक एशोसियसनको नेपाल र कञ्चनजङ्घा टी इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त रुपमा आयोजना भएको उक्त मेलामा लक्ष्य अनुसारको व्यापार नभएको आयोजकले जानकारी दिए । अर्गानिक एसोसियसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले यस वर्षको मेला पाटन संग्रहालय भित्र कला, सांस्कृतिलाई ध्यानमा [&hellip;]</p>

काठमाडौं । माघ १७ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा भएको चौथो प्राङ्गारिक कृषि मेला समापन भएको छ । अर्गानिक एशोसियसनको नेपाल र कञ्चनजङ्घा टी इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त रुपमा आयोजना भएको उक्त मेलामा लक्ष्य अनुसारको व्यापार नभएको आयोजकले जानकारी दिए ।

अर्गानिक एसोसियसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले यस वर्षको मेला पाटन संग्रहालय भित्र कला, सांस्कृतिलाई ध्यानमा राखेर मेला आयोजना गरेको बताएका छन् ।
विदेशी पर्यटकको आर्कषक केन्द्रविन्दुको रुपमा रहेको पाटन दरबार क्षेत्रलाई ध्यानमा राखेर संग्रहालयभित्र यस वर्षको मेला राख्दा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुराउन सक्ने सकारात्मक प्रभाव देखिएको अध्यक्ष बास्कोटाको भनाई छ ।

मेलामा खासै व्यापार नभएको गुनासो नआएको भने होइन । इलामका यमबहादुर राई भन्छन् ‘नेपालीहरुले अर्गानिक सामान नै नचिनेकोले हो कि, ४ दिनमा जम्मा १२ हजारको चिया विक्री भयो ।’

तीन पुस्तादेखि चिया खेती गर्दै आएका राईले भने नेपाली समाजमा अझै पनि अर्गानिक वस्तुको महत्व नबुझेको जानकारी दिँदै विदेशमा भने निर्यातको अवस्था राम्रो रहेको बताए ।

यस वर्ष स्टल भाडा समेत नउठेको स्तुती खाद्य प्रोडक्टको संचालक सुजिता पौडेलले बताईन् ।

मेलामा अर्गानिक तथा प्राकृतिक उत्पादनका चिया, कफी, अचार, जुस, तरकारी, प्राङ्गारिक मल, च्याउ, डेरी, फलफुल, मसला, चामल, गहु, मकै, दाल, फापर, बीउ, तेल, राडीपाखी लगाएत करिब ५० बढी स्टलहरु  रहेका थिए ।

मेला समापन गर्दै मेला व्यवस्थापन समिति संयोजक शान्ता बाँस्कोटाले मेला समापन गर्दै कति काराेबार भयाे भन्ने तथ्यांक संकलन हुन बाँकी रहेकाे बताइन् ।

Share News