कोरोना भाइरसको प्रभाव नेपाली तरकारी बजारमा, सुन झै महँगियाे लसुन

<p>काठमाडौं । पछिल्लो समयमा छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालको तरकारी बजारमा प्रभाव देखिएको छ । नेपालमा अधिकांश लसुन चीनबाट आयात हुने हुँदा पछिल्लो समय कोरोना भाइरसको संक्रमणमा चीन परेसँगै भएको नाका बन्दले आयात निर्यात नहुँदा नेपाली बजारमा लसुनको मूल्य आकाशिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । [&hellip;]</p>

काठमाडौं । पछिल्लो समयमा छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालको तरकारी बजारमा प्रभाव देखिएको छ ।

नेपालमा अधिकांश लसुन चीनबाट आयात हुने हुँदा पछिल्लो समय कोरोना भाइरसको संक्रमणमा चीन परेसँगै भएको नाका बन्दले आयात निर्यात नहुँदा नेपाली बजारमा लसुनको मूल्य आकाशिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए ।

माघ १ गते प्रतिकेजी २ सय ८५ मूल्यमा बिक्री भएको लसुन हाल ५ सय ५० देखि ६ सय रुपैयाँमा बजारमा बिक्री भइरहेको छ । समितिका अनुसार हाल प्रतिकेजी ५ सय रुपैयाँ थोक मूल्य बिक्री भएको छ भने बजारमा प्रतिकेजी ६ सय रुपैयाँसम्म कारोबार भइरहेको जानकारी दिएको छ ।

एक महिनाकाे अवधिमा लसुन प्रतिकेजी ३ सय ३५ रूपैयाँले बढेकाे छ । गत पुस महिनाकाे २० गते प्रतिकेजी २ सय १५ रूपैयाँमा बिक्री भएकाे लसुन हाल प्रतिकेजी ५ सय ५० रूपैयाँमा बिक्री भइरहेकाे  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएकाे छ ।

Share News