चिठ्ठा प्रणालीले आकर्षक मानिएको जापानको वैदेशिक रोजगारी नै गुम्ने खतरा

<p>काठमाडौं । नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । केही नीतिगत समस्याका कारण नेपाली कामदारलाई रोजगारीका लागि जापान जान समस्या भइरहेको छ । गत चैतमा जापान सरकार र नेपाल सरकारबीच नेपाली कामदारलाई परीक्षा प्रणालीबाट सहजै जापान लैजान सक्ने सम्झौता भएपनि त्यसमा केही नीतिगत समस्याहरु देखा परेका हुन् । जापान सरकार र [&hellip;]</p>

काठमाडौं । नेपाली कामदारका लागि जापानको रोजगारी गुम्ने खतरा उत्पन्न भएको छ । केही नीतिगत समस्याका कारण नेपाली कामदारलाई रोजगारीका लागि जापान जान समस्या भइरहेको छ ।

गत चैतमा जापान सरकार र नेपाल सरकारबीच नेपाली कामदारलाई परीक्षा प्रणालीबाट सहजै जापान लैजान सक्ने सम्झौता भएपनि त्यसमा केही नीतिगत समस्याहरु देखा परेका हुन् । जापान सरकार र नेपाल सरकारबीच कामदार लैजान सक्ने समझदारी भएसँगै युवाहरुमा जापान जाने मनोवल बढ्यो ।

तर, जापान कसरी जाने ? कुन प्रक्रिया पुर्याए राेजगारीकाे लागि जापान जान पाइन्छ भन्ने जानकारी नहुँदा समस्या भएकाे छ । राेजगारीकाे लागि जापान जान आधारभूत भाषा परीक्षा (एनफाेर) गर्नै पर्ने हुन्छ । एनफाेर तहकाे भाषा परीक्षा पास गरेपछि लिइने शीप परीक्षणमा सफल हुनुपर्छ ।

तर, अहिले अभ्यासमा रहेकाे व्यवस्था अनुसार एनफाेर नगरेकाहरूले पनि चिठ्ठा भर्न पाइन्छ । यसरी चिठ्ठा भर्दा जापानी भाषा सम्बन्धी ज्ञान नभएकाहरू पनि सहभागी हुने र त्यस्तै व्यक्तिलाई चिठ्ठा पर्ने गरेका कारण जापानले दिएकाे राेजगारीकाे अवसर प्राप्त गर्नबाट नेपाली बन्चित भएका हुन् ।

चिठ्ठा भर्ने तर एनफोर नपढ्ने प्रवृति बढेसँगै सरकारले यसप्रति चासो देखाएको छ । अहिले सरकारले रोजगारीको आधार भाषा परीक्षा पास भएका विद्यार्थीले मात्र ‘लक्की ड्र’ (चिठ्ठा) भर्न पाउने प्रणालीको कुरा उठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव दिपक ढकालले बताए ।

एनफोर उत्र्तिण नगरेका युवाको बढ्दो आवेदनसँगै सक्षम युवाले अवसर नपाउने गरेको उनको भनाइ छ । जापान रोजगारको विषयमा सरकार गम्भीर भएको उनले बताए ।

‘जापान सरकारले कतिपय रोजगारीको कार्यविधि गोप्य राख्ने गरेको छ, ती नीति तथा कार्यविधि प्रष्ट पार्नुभन्दा कतै रोजगारी त गुम्ने होइन भन्ने डर छ,’ उनले भने ।

सन् २०१९ मा कति युवा जापान गए भन्ने जानकारी मन्त्रालयसँग छैन । नर्सिङ केयरगिभरमा एक हजारका लागि चिठ्ठा खुलाएसँगै १३ हजारले आवेदन दिएका थिए । याे वर्ष करिब ८ हजार जनाले परीक्षा दिन पाउने मन्त्रालयले जनाएको छ ।

रेमिटान्सले अर्थतन्त्र धानेको नेपालमा सरकारले रोजगारीको राम्राे गन्तव्य मुलुक खोजिरहेकाे छ । व्यवसायिक रुपमा १ सय १० वटा देशमा वैदेशिक रोजगार खुल्ला गरेपनि सरकारको तर्फबाट ७ वटा मुलुकसँग कामदार पठाउने सम्बन्धी सम्झौता भएको छ । मलेसिया, कतार, साउदी, यूएई, कुवेत, बहराइन, ओमान हुन् जसले वैदेशिक रोजगारीको ६५ प्रतिशत हिस्सा ओगटेको छ ।

पाँच वर्षमा जापानले झण्डै ३ लाख ४५ हजार विदेशी कामदार भित्र्याउने योजना बनाएको छ । सन् १९९३ यता जापानले नेपालसहित चीन, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, थाइल्यान्ड, पेरु, लाओस, श्रीलंका, भारत, म्यानमार, मंगोलिया, उज्वेकिस्तान, कम्बोडिया र बंगलादेश गरी १५ देशबाट जिट्को सम्झौताअन्तर्गत तालिमसँगै रोजगारी दिन प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो ।

जापानमा क्रमशः युवा उमेर समूहको संख्यामा कमी र वृद्धवृद्धाको संख्यामा वृद्धि हुँदै गएको छ । त्यसले गर्दा उनीहरूको रेखदेखका लागि पछिल्लो समय केयरगिभरको माग उच्च छ ।

जापानमा खासगरी चीन र भियतनामबाट केयरगिभरका लागि आवश्यक कामदार आपूर्ति बढी हुन्छ । ती मुलुकले क्रमशः कामदार पठाउन कम गरेपछि जापानले विकल्पमा नेपाली कामदार लैजाने इच्छा देखाएको हो ।

Share News