काठमाडाैं । नेपाल हस्तकला व्यवसायी संघकाे प्रथम वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सघंकाे प्रथम साधारण सभा शुक्रबार सम्पन्न भएकाे हाे ।साधारण सभामाले स्थापना भएकाे छाेटाे समयमा गरेका गतिविधीहरू प्रस्तुत गरेकाे थियाे । २०७६ असारमा स्थापना भएकाे संघले हालसम्म गरेका कार्यक्रमहरू शुक्रबारकाे साधारणसभामा प्रस्तुत गरिएकाे थियाे । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औं हस्तकला व्यापार मेलामा संस्थाका ८ जना सदस्यहरु संयुक्त रुपमा सहभागी भएकाे साधारण सभामा जानकारी गराइएकाे छ ।
कार्यक्रममा संस्थाले उत्कृष्ट स्टलको अवार्ड प्राप्त गरेको थियो। २०७६ मंसिर १६ गते समान उद्देश्य भएका हस्तकला क्षेत्रका १६ वटा जिल्ला संघ तथा वस्तुगत संघका प्रतिनिधिहरुबीच परिचय तथा छलफल गरी सुसम्बन्ध कायम गर्न पहल गरेको जानकारी गराइएकाे छ ।