काठमाडाैं । शहरी विकास मन्त्रालयका राज्य मन्त्री रामबिर मानन्धरले ट्राफिक प्रहरीलाई १२० थान स्टप बोर्ड हस्तान्तरण गरेका छन् । शहरी विकास मन्त्रालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वयमा मन्त्री मानन्धरले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाललाई एक समारोहकाबीच साे मात्रामा स्टप बोर्ड हस्तान्तरण गरेकाे हाे ।
काठमाडाैं उपत्यकाको विभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सु-सुचित गर्ने प्रयोजनका लागि उक्तस्टप बोर्ड हस्तान्तरण गरेका हुन् ।
राज्य मन्त्री रामबिर मानन्धरका अनुसार कुनै पनि पैदल यात्रुहरुले सवारी दुर्घटनाबाट अनाहकमा ज्यान गुमाउन नपरोस् तथा सुरक्षित रुपमा तोकिएको स्थानबाट मात्र बाटो काट्न सजिलो होस भनेर यो बोर्ड हस्तान्तरण गरिएको हो ।
महाशाखाका प्रमुख ढकालले भने – ‘उक्त बोर्डहरु काठमाण्डौं उपत्यकाको सम्पूर्ण जेब्राक्रसिङ, आकाशेपुल तथा पैदल यात्रुहरुले बाटो काट्ने स्थानमा बोर्ड देखाएर बाटो काट्न लगाउने र पैदल यात्रुहरुले पनि यसलाई प्रभावकारी र परिणाममूखी बनाउँदै सुरक्षितयात्रामा सहयोग गर्न समेत अनुरोध गर्दुछ ।’
उक्त बोर्डहरु सेफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.ली.ले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै तयार पारेको हो।