उखु किसानका समस्या प्रदेश सरकारले समाधान गर्ने, विकासका लागि मार्गचित्र बनाउँदै

<p>काठमाडौं । प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा गोविन्द शर्माले प्रदेश २ मा ६० प्रतिशत बढी उखु किसान रहेकाले उनीहरुको समस्या प्रदेश २ सरकारले समाधान गर्ने बताएका छन् । उनले प्रदेश २ मा देखिएको कृषि तथा उखु क्षेत्रको समस्या समाधान गरी त्यसको विकासका लागि प्रदेश २ सरकारले मार्गचित्र बनाउन लागेको [&hellip;]</p>

काठमाडौं । प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा गोविन्द शर्माले प्रदेश २ मा ६० प्रतिशत बढी उखु किसान रहेकाले उनीहरुको समस्या प्रदेश २ सरकारले समाधान गर्ने बताएका छन् । उनले प्रदेश २ मा देखिएको कृषि तथा उखु क्षेत्रको समस्या समाधान गरी त्यसको विकासका लागि प्रदेश २ सरकारले मार्गचित्र बनाउन लागेको जानकारी दिएका हुन् ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा आयोजना गरेको प्रदेशस्तरीय एकदिने कृषि प्राविधिक कार्यशालामा सचिव शर्माले प्रदेश २ को आठ जिल्लामा कृषि क्षेत्रको विकास, डेरी उद्योगको स्थापना तथा उखु किसानको समस्या समाधान गर्न प्रदेश सरकारले रोडम्याप तयारी गर्न लागेको बताए । आठ जिल्लाका सम्बन्धित कार्यालयका प्रमुखले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि कार्ययोजना, स्वीकृति भएका कार्यक्रम प्रस्तुत गरेका थिए ।

अनुगमन तथा मूल्याङ्कन महाशाखा नार्कका प्रमुख सुधा सापकोटा, जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंह, मुख्य वैज्ञानिक डा सुरेन्द्रलाल श्रेष्ठ, परवानीपुर गाउँपालिकाका प्रमुख हरिनारायण साहलगायतका वक्ताले प्रदेशको विकासको आधार कृषि भएकाले यसको विकासप्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने माग गरेका थिए । रासस

Share News