श्रममन्त्रीको भेटघाट कार्यक्रममा निवर्तमान मन्त्री विष्ट नै देखिएनन्, जम्मा तीन जना उपस्थित

<p>काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री रामेश्वर राय यादवबीच पूर्व श्रममन्त्रीहरुले अनुभव साटासाट कार्यक्रममा गरेका छन् । श्रममन्त्री यादवले बुधबार बाेलाएका उक्त कार्यक्रममा निवर्तमान श्रममन्त्री गोर्कण विष्ट नै देखिएनन् । २०४६ साल यताका १७ जना श्रममन्त्रीहरुको मन्त्रालयमा भएकाे सम्मान तथा अनुभव साटासाट गर्ने क्रममा जम्मा ३ जना श्रममन्त्री मात्रै उपस्थित थिए । कार्यक्रममा पूर्व श्रममन्त्रीहरु मुकुन्द न्यौपाने, [&hellip;]</p>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्री रामेश्वर राय यादवबीच पूर्व श्रममन्त्रीहरुले अनुभव साटासाट कार्यक्रममा गरेका छन् । श्रममन्त्री यादवले बुधबार बाेलाएका उक्त कार्यक्रममा निवर्तमान श्रममन्त्री गोर्कण विष्ट नै देखिएनन् ।

२०४६ साल यताका १७ जना श्रममन्त्रीहरुको मन्त्रालयमा भएकाे सम्मान तथा अनुभव साटासाट गर्ने क्रममा जम्मा ३ जना श्रममन्त्री मात्रै उपस्थित थिए । कार्यक्रममा पूर्व श्रममन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी उपस्थित भए ।

बैठकमा पूर्व श्रममन्त्री मुकुन्द न्यौपानेले मन्त्रालयले काम गर्ने तरिका र सोच्ने तरिकामा रुपान्तरण रहेको बताउँदै कुनै पनि काम पहिला विज्ञ र सरोकारवालाहरुसँग सरसल्लाह गरि अगाडी बढ्न सुझाव दिए ।

‘उत्पादक नगरि विस्तार नहुने हुँदा विकासको ध्यान दिनु पर्ने छ ।’ पूर्व श्रममन्त्री न्यौपानेले योजना र तयारी बिना मन्त्रीहरुले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर, त्यस अनुरुप काम गर्दा जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढंगले लागु गर्नु पर्ने बताए ।

पूर्व श्रममन्त्री सरिता गिरीले छिमेकी देश चीनले गरेको मानव संशाधनको विकास र भौतिक विकासको सुक्ष्म अध्ययन गरि त्यस अनुसार अगाडी बढ्न आग्रह गर्दै अन्य देशहरु विकसित हुँदा हाम्रो मुलुक किन विकास हुन सकेन भन्ने प्रश्नको गहन अध्ययन गर्नुपर्ने बताइन् ।

पूर्वमन्त्री कमल चौलागाईले अस्तव्यस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भिर रुपमा अध्ययन गरि कार्यक्रम अघि सार्नुपर्ने बताए । वैदेशिक रोजगारीका साथै आन्तरिक, कृषि, जल र पर्यटनका क्षेत्रमा पनि सरकारले ध्यान दिन उनले आग्रह गरे ।

पूर्व मन्त्रीहरुको अनुभाव र सुझाव पछि मन्त्री यादवले उहि अनुभव र सुझावका आधारमा मन्त्रालयले आगामी रणनीति तय गर्ने पनि बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए ।

उनले नेपाली कामदारको गन्तव्य रहेका देशमा सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे । उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भूसाल तथा मन्त्रालयका सचिव विनोद केसी लगायतका उपस्थिति रहेको थियो ।

Share News