सुनको मूल्य निरन्तर उकालो लाग्दै, प्रतितोला ७६ हजार ५ सयमा कारोबार

<p>काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ७५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ हजार रुपैयाँ बढेर ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा त्यसको असर परेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै मंगलबार [&hellip;]</p>

काठमाडौं । बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ७५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ हजार रुपैयाँ बढेर ७६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा त्यसको असर परेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै मंगलबार प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ७६ हजार २ सय रुपैयाँ बिक्री भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला ९ सय रुपैयाँमा बिक्री भएको थियो भने बुधबार चाँदी प्रतितोलामा एकै दिन २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News