काठमाडौं । ‘घातक विषादी प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं’ भन्ने नाराको साथ मंगलबारदेखि विषादी मुक्त कार्यक्रम संचालन हुने भएको छ ।
प्रदेश नं. ३ लाई लक्षित गरि हुने कार्यक्रम पुष २३ गतेदेखि पुष २९ गतेसम्म हुनेछ । वार्षिक रुपमा सन् २०१३ देखि शुरु भएको उक्त कार्यक्रम हालसम्म कृषि क्षेत्रमा प्रभावकारिता जमाउन नसकेको प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले बताए ।
सोमबार वाली संरक्षण प्रयोगशाला प्रदेश नं. ३ मा रहेको कृषि ज्ञान केन्द्र चितवनको सहकार्यमा प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रको आयोजनामा भएको पत्रकार सम्मेलन मार्फत विषादीको प्रयोग केहि मात्रा घटेपनि सबै निकायको पहल र साथ विना गर्न असहज हुने भन्दै केन्द्रले यसक्षेत्रमा सोचे जस्तो उपलब्धि गर्न नसकेको प्रमुख हुमागाईले स्वीकार गरे ।
नेपालमा वार्षिक विषादी आयातका लागि मात्र ८४ करोड रुपैयाँ खर्च भएको छ । अन्य देशको तुलनामा तरकारी वालीमा केहि हदसम्म कम विषादी प्रयोग गरिएको छ भनेता प्रभावकारी तथ्यांक केन्द्रसँग रहेको छैनन् ।
हाल तीन सय ९६ ग्राम खास विष हरेक वर्ष ८५ प्रतिशतभन्दा बढी विषादी आयात भएको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।
हाल २४ वटा विषादीलाई नेपाल सरकारले प्रतिबन्धित गरेको छ । खुल्ला सिमानका कारण नेपालमा भित्रिने विषादी अझै बढ्न सक्ने भन्दै आगामी दिनमा यसलाई व्यवस्थित ढंगले अगाडी बढाउन सबै निकायको उत्तिकै भूमिका केन्द्रकाे विषाली व्यवस्थापन केन्द्रले जानकारी दिएकाे छ ।