काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै ७५ हजार ५ सयमा कारोबार भइरहेको छ ।
गत शुक्रबार प्रतितोला ७४ हजार ५ सयमा कारोबार भएको सुन प्रतितोला १ हजारमा रुपैयाँ बढेर नयाँ मूल्य कायम भएको हो ।
त्यस्तै तेजवी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँका कारोबार भईरहेको छ । गत शुक्रबार प्रतितोला ७४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
साताको पहिलो दिन चाँदी भने गत शुक्रबार कै मूल्यमा अर्थात प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।