काठमाडौं । काठमाडौमा ग्रील तथा स्टील ब्यवसायी संघ भक्तपुरकाे सातौ साधारण तथा तेस्रो अधिबेसन उद्घाटन भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सबै ग्रील उद्योगलाई व्यवस्थित र मर्यादित भएर व्यवसाय संचालन गर्न आग्रह गरेका छन् ।
अबैधानिक रुपमा स्थापना भएको उद्योगलाई कानुनी दायरामा ल्याउन महासंघ लागेको बताउदै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी उपकरणको प्रयोग गरि बढदो दुर्घटना कम गर्न निर्देशन दिए । कार्यक्रमका साभापती उत्तम श्रेष्ठले घरघरमा गएर काम गर्ने बैधानिक ब्यवसायिहरुको कारण वैद्यानिक रुपमा स्थापना भएका उद्योग संकटमा परेको हुदा सो को रोकथामको लागि पहल गर्न महासघलाइ आग्रह गरे।
देश भरी सन्चालित ११ हजार भन्दा बडी ग्रील तथा स्टील उद्योग ब्यवसायले रोजगारी सगै ग्रील जन्य सामानको आयातलाइ प्रतिस्थापन गर्न ठूलो टेवा पुगेको हुदा यो ब्यवसायलाइ अझ बढि ब्यवस्थित र सक्षम बनाउन सरकारले प्रबर्द्धनात्मक कार्यक्रम ल्याउनु पर्नेमा ब्यवसायिको जोड थियो।
१ लाख ६० हजारले रोजगारी दिँदै आयेको ग्रील तथा स्टील व्यवसायमा बार्सिक ५० अर्ब भन्दा बढिको कारोबार हुने गरेको छ भने थप २० हजार जनालाइ रोजगारी दिन सक्ने अवस्थामा रहेको बताए हुँदै अध्यक्ष कटुवालले ग्रील तथा स्टील ब्यवसायलाइ ब्यवसायिक पहिचान दिलाउन महासघले सरकारका सम्बन्धित निकाल पहल गरिरहेको जानकारी दिए ।
भुकम्प पछि यो ब्यवसायको आवस्यकता अझ बढेको हुदा सबै ब्यवसायिहरुले थप सुधार सहित पुर्ण क्षमतामा उध्योग सन्चालन गर्ने आधुनिक प्रबिधि अगाल्नुअको बिकल्प नरहेको जानकारी दिँदै उत्कृष्ट व्यवसायीलाई सम्मान गरेका छन् ।