काठमाडाैं । नक्कली कागजात बनाई अरुको ट्रायल दिइराखेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई नेपाल ड्राइभिङ सेन्टर सुकेधाराबाट बिहीबार बेलुका ४ बजे पक्राउ गरेको हो ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिइरहेका मकवानपुर घर भइ हाल काठमाडौं गोकर्णेश्वर बस्दै आएका मानबहादुर ब्लोन र ललितपुर घर भइ हाल सोही ठाउँमा बस्ने सरोज शाही पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार सवारी चालक अनुमति पत्र लिनका लागि नेपाली नागरिकता लगायत अन्य सरकारी कागजात नक्कली बनाइ अरुको ट्रायल परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।