डा. श्रेष्ठलाई बन्धक बनाउने योञ्जन जेल चलान

<p>काठमाडौं । नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई बन्धक बनाउने गौतम योञ्जनलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न योञ्जनलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई बन्धक बनाउने गौतम योञ्जनलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विसं २०६७ जेठ ४ गते बेलुका अस्पतालबाट घर फर्कने क्रममा अपहरण गरी १८ दिन बन्धक बनाउने कार्यमा संलग्न योञ्जनलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले डा. श्रेष्ठलाई बन्धक बनाउने समूहका एक सदस्य रहेका योञ्जनलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।

मानिस अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालतको फैसलाअनुसार योञ्जनलाई नौ वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भएकाले फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको पाण्डेले बताए ।

डा. श्रेष्ठलाई बन्धक गरेर धादिङ, काठमाडौँ, नुवाकोटलगायत जिल्लामा राखिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका योञ्जनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।

Share News