प्राधिकरणका इलेक्ट्रिकल हेल्पर कोइरी घुस रकमसहित अख्तियारको नियन्त्रणमा

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरण बाराका इलेक्ट्रिकल हेल्पर (तह २) राजदेव महतो कोइरीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा कोइरीलाई ९ हजार घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । कोइरीलाइ ९ हजार [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बाराका इलेक्ट्रिकल हेल्पर (तह २) राजदेव महतो कोइरीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा कोइरीलाई ९ हजार घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

कोइरीलाइ ९ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Share News