विकासन्युजकाे सम्पादकमा शिव सत्याल नियुक्त

<p>काठमाडौं। विकासन्युज डटकमकाे  सम्पादकमा शिव सत्याल नियुक्त भएका छन् । उनले आजबाटै जिम्मेवारी समालेका हुन् । विगत १७ वर्षदेखि निरन्तर आर्थिक पत्रकारितामा सक्रिय सत्याल यसअघि शिलापत्रमा सहसम्पादक, क्लिकमाण्डूमा सम्पादक भएर अनलाइन पत्रकारितामा राम्रो अनुभव प्राप्त गरिसकेका छन्। उनले राजधानी दैनिक, सत्याग्रह साप्ताहिकलगायत छापा पत्रकारितामा पनि लामो समय काम गरेका छन् । सम्पादक सत्याललाई स्वागत गर्दै [&hellip;]</p>

काठमाडौं। विकासन्युज डटकमकाे  सम्पादकमा शिव सत्याल नियुक्त भएका छन् । उनले आजबाटै जिम्मेवारी समालेका हुन् ।

विगत १७ वर्षदेखि निरन्तर आर्थिक पत्रकारितामा सक्रिय सत्याल यसअघि शिलापत्रमा सहसम्पादक, क्लिकमाण्डूमा सम्पादक भएर अनलाइन पत्रकारितामा राम्रो अनुभव प्राप्त गरिसकेका छन्। उनले राजधानी दैनिक, सत्याग्रह साप्ताहिकलगायत छापा पत्रकारितामा पनि लामो समय काम गरेका छन् ।

सम्पादक सत्याललाई स्वागत गर्दै विकासन्युजका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले नयाँ सम्पादकको नेतृत्वमा विकासन्युज अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरे । साथै, सम्पादक सत्यालकाे नेतृत्वमा विकासन्युजले नयाँ उचाई प्राप्त गर्ने विश्वास विकास मिडियाले लिएको छ ।

सम्पादक सत्यालले छापा पत्रकारितादेखि डिजिटल पत्रकारितासम्मको अनुभव सुनाउँदै पाठकको चाहाना र देशको आवश्यकता अनुसार समाचार सामाग्री तयार गरिने बताए । स्पष्ट कार्यदिशा र सामूहिक कार्यमा विकासन्युजलाई अगाडि बढाउने विश्वास उनले गरेका छन्।

‘विकासन्युजको पाठक, यसको नेटवर्क, उपस्थिति, प्रभावलगायत हरेक सूचाङ्कहरुको वृद्धिदर राम्रो छ, यो वृद्धिदरलाई अझ उच्च बनाउन नयाँ सम्पादकको नेतृत्व सफल रहने विश्वास लिएको छु’ विकास मिडियाका प्रबन्ध निर्देशक पौडेलले भने ।

Share News