राष्ट्रिय वाणिज्य बैंकमा ट्राफिक संचेतना कार्यक्रम सम्पन्न

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुले ट्राफिक संचेतनाको बारेमा जानकारी दिएका हुन् । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताएका छन् । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय कार्यालय परिसरमा समुदाय–प्रहरी साझेदारी ट्राफिक संचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रहरीका पूर्व ट्राफिक प्रहरी निरिक्षक एवं ट्राफिक भोलिन्टीयर सिताराम हाछेथुले ट्राफिक संचेतनाको बारेमा जानकारी दिएका हुन् ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले कर्मचारीको सुरक्षाको लागि विभिन्न कार्यक्रम मार्फत ध्यान दिईरहेको बताएका छन् । प्रशिक्षक सिताराम हाछेथुले बैंकिङ्ग क्षेत्रमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई संचेतना कार्यक्रम संचालन गर्न पाउंदा खुसी लागेको बताए । उनले भिडियो देखाएर तथा बोलेर ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको संचेतना कार्यक्रम दैनिक अस्त व्यस्त बन्दै गईरहेको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनको लागि बैंकका केन्द्रीय कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिईएको होे ।

उक्त समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख लगायत कर्मचारीहरुको उपस्थिती थियो । कार्यक्रम ब्रान्च अपरेशन विभागका उप प्रबन्धक जितेन्द्रसिंह थापाले संचालन गरेका थिए ।

Share News