साधना लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तरोन्नति

<p>काठमाडौं । साधना लघुवित्तले आगामी दिनमा नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त गरेको छ । साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखानगरपालिका ६, हरमटारी गोरखामा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्णवहादुर थापाले बताए । साधना लघुवित्त वित्तीय संस्था, कम्पनी ऐन २०६३ अन्तर्गत मिति [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्तले आगामी दिनमा नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त गरेको छ । साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखानगरपालिका ६, हरमटारी गोरखामा रहने र नाम सधना लघुवित्त वित्तीय संस्था रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्णवहादुर थापाले बताए ।

साधना लघुवित्त वित्तीय संस्था, कम्पनी ऐन २०६३ अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्लाकार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त गरी मिति २०७४ कार्तिक २२ गतेबाट गोरखानगरपालिका, वडा नं ६, हरमटारीमा केन्द्रीय कार्यालयवाट वित्तीय कारोवार गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको मिति २०७६ मंसिर ११ गतेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको हो ।

संस्थाको ४० करोड कुलनिक्षेप ,१ अर्व ४५ करोड कुललगानी, कुल ४७ शाखा संख्या, ३९ हजार सदस्य संख्या रहेको छ । वित्तीय संस्थाको हालको चुक्तापूँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्तापूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिए ।

Share News