काठमाडौं । हेरचार डट कम प्रा लि र दरबारमार्गमा रहेको ब्लुबर्ड मार्टबीच एक अर्काका ग्राहकलाई विशेष छुट दिने बारे सम्झौता भएको छ । बुधबार ब्लुबर्ड मार्ट भएको सम्झौतामा ब्लुबर्डका तर्फबाट निर्देशक प्रेम पोख्रेल तथा हेरचारका तर्फबाट प्रबन्धक उत्सब भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सो सम्झौतामा ब्लुबर्ड मार्ट दरबारमार्गले हेरचारका ग्राहकलाई त्यहाँ समान खरिद गरेबापत विशेष छुट दिने र हेरचारले ब्लुबर्ड मार्टसँग सम्बन्धित ग्राहकहरुलाई आफुले दिने सुविधा बापत लिने सेवा शुल्कमा विशेष छुट दिने उल्लेख गरिएको ब्लुबर्डका प्रबन्धक सचेत शाक्यले बताए ।
ूसमस्या हामीलाई समाधान हजुरलार्इ भन्ने मूल नाराको साथ अगाडी बढेको हेरचारले आफ्नो ग्राहकको हरेक समस्या समाधानमा विशेष ध्यान दिदै समयमै समाधान गर्दै आएको छ। छोटो समयमै पाँच सयभन्दा बढी व्यवसायि घराना तथा ७०० भन्दा आम ग्राहकलाई सेवा दिदै आएको हेरचारका प्रबन्धक उत्सब भट्टराईले बताए ।