वोमी लघुवित्त वित्तीय संस्था उत्कृष्ट करदाताको रुपमा सम्मानित

<p>काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा लाजिम्पाटमा भएको आठौं राष्ट्रिय कर दिवस समारोहमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो । सम्मान संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानलाई आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद बहादुर कुँवरबाट [&hellip;]</p>

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । नेपाल सरकार, आन्तरिक राजश्व विभागको आयोजनामा लाजिम्पाटमा भएको आठौं राष्ट्रिय कर दिवस समारोहमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो ।
सम्मान संस्थाकी अध्यक्ष बिन्दीया श्रेष्ठ प्रधानलाई आन्तरिक राजस्व विभागका महानिर्देशक बिनोद बहादुर कुँवरबाट गरिएको हो ।

उक्त सम्मान पत्र आर्थिक वर्ष २०७४/७५ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लिखित गरिएको छ । यस संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण तीन पटक सम्मानित भइसकेको छ । यस पटक समेत गरी चौथो पटक धादिङ्ग जिल्लाबाट उत्कृष्ट करदाताको रुपमा यस वित्तीय संस्थालाई नेपाल सरकार, आन्तरिक राजश्व विभागबाट सम्मान गरिएको हो ।

साथै, नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्था र नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने स्वीकृति समेत केन्द्रीय बैंकबाट प्राप्त भएको छ । दुबै संस्थाको एकिकृत कारोवार तत्काल गर्ने तयारी गरिएको छ ।

Share News