रसुवाको स्याफ्रुबेसीमा एनआईसी एशिया बैंक, शाखा संख्या ३१० पुग्यो

<p>काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन स्याफ्रुबेसी गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका हुन् । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन स्याफ्रुबेसी गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गरेका हुन् ।

स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Share News