सिद्धार्थ बैंकको नयाँ शाखा मोरङको ट्राफिक चोकमा

<p>काठमाडौं । सिद्धार्थ बैंकले सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

यससँगै बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News