२३ वर्षपछि नेपाल बैंकले घोषणा गर्यो आकर्षक लाभांश, शेयर मूल्यमा उछाल

<p>काठमाडौं । नेपाल बैंक लिमिटेडले २३ वर्षपछि लगानीकर्तालाई लाभांश दिने भएको छ । नेपाल बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले आफ्नो चुक्ता पुँजीबाट १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । नेपाल बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैंया छ । १५ प्रतिशत बोनश [&hellip;]</p>

काठमाडौं । नेपाल बैंक लिमिटेडले २३ वर्षपछि लगानीकर्तालाई लाभांश दिने भएको छ । नेपाल बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले आफ्नो चुक्ता पुँजीबाट १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैंया छ । १५ प्रतिशत बोनश शेयरपछि सो पुँजी ११ अर्ब २८ करोड रुपैंया पुग्नेछ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लगानीकर्तालाई प्रतिफल दिनसक्ने अवस्थामा पुगेको भन्दै नेपाल बैंकको समृघिको युग सुरु भएको बताए । उनले नेपाल बैंक अब बजारमा प्रतिस्पर्धात्मक ढंगले अघि बढ्ने बताउँदै अब नेपाल बैंकलाई नयाँ पुस्ताको मानक बैंकको रुपमा स्थापित गर्नेतर्फ अघि बढेको समेत बताए ।

नेपाल बैंकले लाभांश घोषणा गरेसँगै बजारमा शेयरमूल्यमा उछाल आएको छ । बजारमा नेपाल बैंकको शेयरा खरिदकर्ताको चाप देखिएसँगै मूल्य बढेको हो ।

Share News