१५ औं राष्ट्रिय कफी दिवस पहिलाे पटक उपत्यका बाहिर

<p>वि.सं.१९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । “आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ ” भन्ने नाराको साथ यो कार्यक्रम हुने बोर्डले जनाएको छ । मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा नेपाललाई चिनाउन थालिसकेको [&hellip;]</p>

काठमाडौं । आज १५ औं राष्ट्रिय कफी दिवस पहिलाे पटक उपत्यका बाहिर गुल्मीमा मनाइँदै छ । प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना हुने सो कार्यक्रम यस वर्ष उपत्यका बाहिर नेपालका लागि कफीको उद्गम स्थलको रुपमा चिनिने गुल्मीको आँपचौरमा हुँदै छ । कफी उत्पादक किसान, स्टेट, प्रशोधक, विक्रेता, कफी उपभोक्ता र कफीलाई माया गर्ने सबै नेपालीहरूको महत्वपुर्ण चाडको रूपमा रहेको राष्ट्रिय कफी दिवस संचालन भएको हो ।

वि.सं.१९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको वीउ गुल्मीको आँपचौरमा रोपण गरे पछि नेपालमा कफी खेती सुरूवात भएको मानिन्छ । “आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ ” भन्ने नाराको साथ यो कार्यक्रम हुने बोर्डले जनाएको छ । मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले गुणस्तरका सन्दर्भमा नेपाललाई चिनाउन थालिसकेको छ ।

स्पेसियालिटी कफीको रूपमा नाम कमाइसकेको नेपाली कफीको माग स्वदेश तथा विदेशमा उच्च रहेको छ । एक दसक अघि कुलिन वर्गको मात्र पेय पदार्थको रूपमा लिइने कफी आज हरेक भान्साको सोभा बनिसकेको छ । विशेषगरी शहरी क्षेत्रमा बढ्दो कफी संस्कृतिले गर्दा कफीको आन्तरिक बजारमा पनि व्यापक वृद्धी भएको देखिन्छ । तर माग अनुसार आपुर्ती नहुँदा विगत केही वर्ष कफीको आयात बढेको तथ्याङ्कले देखाउँछ ।

गतवर्षमा नेपालभर ५ सय ३० मे.टन ग्रीन वीन उत्पादन भएको थियो । सोही वर्ष ९ करोड ९६ लाख बराबरको ८४ मे.टन कफी निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ जुन अघिल्लो आर्थिक वर्षकै जति परिमाण हो। तर कफी आयातको आँकडा भने लगभग ८ गुनाले बढेको देखिन्छ ।आ.व. २०७४।७५मा जम्मा १६३ मे.टन कफी आयात हुँदा आर्थिक वर्ष मा एक हजार दुई सय ६२ मे.टन कफी आयात भएको विभागको तथ्याङ्कले देखाउँछ । पछिल्लो वर्ष कफी आयातमा ९ करोड ८० लाख रूपैयाँ विदेशिएको छ ।

बोर्डले धारित रहेर गरेको अध्ययनले नेपालभर करिब ११ लाख ९८ हजार ५ सय ३६ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यस मध्य ६१ हजार २ सय २८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ । कफी उत्पादन बढाउनका लागि सम्भावित केही जिल्ला तथा स्थानिय तहसँग बोर्डले योजनाबद्ध समन्वयात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जुन आगामी दिनमा अझ बढाएर लगिने छ ।

यसका अलावा व्यवसायिक कफी खेतीमा लगानी आकर्षण गर्न बोर्डले गएको बैशाख २ र ३ गते नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन २०७६ आयोजना गरेको थियो। नेपाल सरकार प्रधानमन्त्री कृषि धुनिकिकरण परियोजनाले पनि गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाहरूलाई कफी सुपर जोनको रूपमा विकास गरी कफीमा व्यवसायिकता बढाउने प्रयास गरिरहेकाले आगामी दिनहरूमा कफीको उत्पादनमा बढाउने तिव्र सम्भावना रहेकाे बाेर्डले जनाएकाे छ । 

Share News