नेपाल बैंकले मनायो ८३ औं वार्षिकोत्सव, ‘नयाँ पुस्ताको आइडल बैंक’ बनाउने घोषणा

<p>काठमाडौं । नेपाल बैंकले ८३ औं वार्षिकोत्सव मनाएको छ । १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंक ८२ वर्ष पूरा गरी ८३ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको हो । वार्षिकोत्सवकै अवसरमा बैंकले नेपालको पहिलो बैंकिङ म्युजियमका साथै १८ ओटा शाखाहरुको पुनस्र्थापना समेत गरेको छ । विगतमा सञ्चालन भएर विभिन्न [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले ८३ औं वार्षिकोत्सव मनाएको छ । १९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंक ८२ वर्ष पूरा गरी ८३ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको हो ।

वार्षिकोत्सवकै अवसरमा बैंकले नेपालको पहिलो बैंकिङ म्युजियमका साथै १८ ओटा शाखाहरुको पुनस्र्थापना समेत गरेको छ । विगतमा सञ्चालन भएर विभिन्न कारणले बन्द हुन पुगेका १८ शाखासहित दुईओटा एक्सटेन्सन काउन्टरको अर्थमन्त्री युवराज खतिवडाले शनिबार आयोजित कार्यक्रममार्फत् एकैपटक ‘डिजिटल’ उद्घाटन गरे ।

कार्यक्रममा बैंकका अध्यक्ष वासुदेव अधिकारीले बैंकले ८२ वर्षे इतिहासमा ३ ओटा संकटहरु पार गरेको भन्दै अब चौथो संकट आउन नदिई बैंकलाई अघि बढाउने भन्दै त्यसका लागि सञ्चालक समितिको तर्फबाट आवश्यक सबै प्रयासहरु गर्ने बताए । उनले कर्मचारीहरुलाई पनि सोही लक्ष्य लिएर अघि बढ्न आग्रह गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकलाई यो पुस्ताको अब्बल मानक बैंक बनाउने घोषणा गरे ।

 

Share News