बैंक अफ काठमाण्डूको नाफा ३८ करोड ३७ लाख

<p>काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले ३८ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ । बैंकले गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख नाफा कमाएको थियो । चालु आवको यो अवधिमा बैंकको वितरण योग्य आय भने १८ करोड ७६ लाख रुपैयाँ रहेको छ । चालु आवको यो अवधिमा [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले ३८ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ । बैंकले गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख नाफा कमाएको थियो । चालु आवको यो अवधिमा बैंकको वितरण योग्य आय भने १८ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

चालु आवको यो अवधिमा बैंकले ८५ अर्ब ७७ करोड निक्षेप संकलन गरेर ७२ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको बैंकले आधार दर भने १०.०२ प्रतिशत रहेको छ ।

आठ अर्ब ६ करोड सेयर पुँजी रहेको बैंकको ४ अर्ब ४४ करोड संचित पुँजी रहेको छ । बैंकको कष्ट अफ फण्ड ७.९२ प्रतिशत र सीडी रेसियो ७५.५९ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर नेटवर्थ १७२.७५ रुपैयाँ रहेको छ । प्रति शेयर आम्दानी १९.०४ पैसा रहेको बैंकले खराव कर्जा १.७३ प्रतिशत रहेको छ ।

Share News