संकट टर्यो, अब महासंघको अध्यक्षमा शेखर गोल्छा पक्का

<p>काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बिहीबार सम्पन्न कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वत: अध्यक्ष हुने निर्णय गरेको छ । कार्यसमिति बैठकले विधान संशोधनका विषयमा औपचारिक निर्णय गर्दै वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने निर्णय गरेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । केही महिनायता विधान संशोधनको विषयलाई लिएर महासंघ चर्को विवादमा फसेको थियो [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बिहीबार सम्पन्न कार्यकारिणी समितिको बैठकले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वत: अध्यक्ष हुने निर्णय गरेको छ ।

कार्यसमिति बैठकले विधान संशोधनका विषयमा औपचारिक निर्णय गर्दै वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने निर्णय गरेको महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । केही महिनायता विधान संशोधनको विषयलाई लिएर महासंघ चर्को विवादमा फसेको थियो । अहिले सो विवाद टुंगिएको छ,’ उनले भनिन् ‘अब वरिष्ठ उपाध्यक्ष नै महासंघको अध्यक्ष बन्ने छन् ।

अब प्रत्यक्ष निर्वाचन गर्ने वा अप्रत्यक्ष निर्वाचन जाने विषयलाई लिएर दुई धारमा उभिएको महासंघ आज औपचारिक निर्णय गरेर विधान संम्बत जाने भएको छ ।

हाल वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छालाई स्वतः अध्यक्ष हुन दिने वा नदिने भन्ने विषयमा महासंघको विधान सशोधनको विषय अड्किएको थियो । अब गोल्छालाई अध्यक्ष हुन बाटो खुलेको छ । बैठकले महासंघको विधान २०४९ (छैठौ संशोधन सहित) संशोधनको लागि यही २०७६ साल कार्तिक २९ गते विशेष साधारण सभा रोक्का गर्ने सम्बन्धमा स्थायी समिति बैठकले गरेको निर्णय अनुमोदन सहित पारित गरेको हो ।

सरकारले अगाडी बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्थाहरू जिल्लानगर उवासंघहरू, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने निर्णय बैठकले गरेको छ ।

अबको दिनमा उद्योगी र व्यवसायीहरू माथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यहार र रवैयाले स्वदेशी एवंम् विदेशी लगानीको वातावरणमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सबै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउने महासंघले जानकारी दिएको छ ।

महासंघको महानिर्देशकमा नेपाल सरकारका पूर्व सचिव धरणीधर खतिवडालाई नियुक्ति गर्ने निर्णय अनुमोदन सहित पारित बैठकले पारित गरेको अध्यक्ष राणाले बताइन् ।

 

Share News