एकैदिनमा प्रतितोला ६ सयले बढ्यो सुन, ७२ हजारमा कारोबार

<p>काठमाडौं । बिहीबार छापावला सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन ६ सय रुपैयाँले बढेको छ । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो [&hellip;]</p>

काठमाडौं । बिहीबार छापावला सुन प्रतितोला ७२ हजारमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एकैदिन ६ सय रुपैयाँले बढेको छ ।

त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा बिक्री भएको थियो भने बिहीबार १० रुपैयाँ बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

पछिल्लाे समय सुनकाे मूल्य क्रमश बढ्दै गएकाे छ ।  गतमंगलबार छापावला सुन प्रतिताेला ७१ हजार २ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

Share News