एभरेष्ट बैंकको नाफा ६९ करोड, निक्षेप १५ अर्बले बढ्दा वासलातमा १६ अर्बको वृद्धि

<p>काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ६९ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ६ करोडले बढी हो । एक वर्षमा बैंकको निक्षेप १५ अर्बले बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी १२ अर्बले बढेर १ खर्ब [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा ६९ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिव ६ करोडले बढी हो ।

एक वर्षमा बैंकको निक्षेप १५ अर्बले बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी १२ अर्बले बढेर १ खर्ब ९ अर्ब रुपैयाँ भएको छ । विभिन्न कम्पनीको सेयरमा बैंकले लगानी ८ अर्बले वृद्धि भई २४ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीको वासलात एक वर्षमा १६ अर्बले वृद्धि भई १ खर्ब ६१ अर्ब रुपैयाँ बराबर भएको छ । चुक्ता पुँजी ८ अर्ब १० करोड रुपैयाँ रहेको यस बैंकको पुँजी प्रर्याप्तता अनुपात १३.७९ प्रतिशत छ ।

बैंकको खराव कर्जा शुन्य दशमलव १७ प्रतिशत छ । बैंकको कष्ट अफ फण्डको दर केहि वृद्धि भए पनि बेस रेटमा सुधार देखिएको छ । एक वर्षअघि ८.८ प्रतिशत बेसरेट रहेकोमा हाल ८.५२ प्रतिशतमा झरेको छ ।

प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी भने १६ रुपैयाँ ४६ पैसा छ । बैंकको सेयर बुधबार प्रतिकित्ता ५५१ रुपैयाँमा कारोबार भएको छ ।

यस बैंकले गत वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरि २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । तर राष्ट्र बैंकबाट स्वीकृत नभएकोले वार्षिक साधारणसभा बोलाएको छैन ।

Share News